बजेट निर्माण प्रक्रियामा नै सुधार गर्नुपर्छ : प्रकाशशरण महत « Khabarhub

बजेट निर्माण प्रक्रियामा नै सुधार गर्नुपर्छ : प्रकाशशरण महत


९ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले बजेट निर्माण प्रक्रियामा नै सुधार गर्नुपर्ने बताएका छन् । 

सोमबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै महतले बजेटको न्यायोचित वितरणका लागि बजेट निर्माण प्रक्रियामा नै सुधार गर्नुपर्ने बताएका हुन् । उनले बजेटमाथिको छलफलमा संशोधन प्रस्ताव परे पनि हुबहु पारित गर्ने परम्परा रहेको जिकिर गरे ।

महतले देशै भरी सांसद र कर्मचारीहरूले सर्वे गरेर सम्बन्धित जिल्लामा आवश्यक पर्ने कुराहरूको प्राथमिकताको सूची बनाउँदै समान ढंगले बजेट वितरण गर्नुपर्नेमा जोड दिए ।  

सरकारले सांसदहरूको सिफारिसमा पनि बजेट विनियोजन गरेको भन्दै उनले कतै धेरै र कतै थोरै हुँदा गुनासो आउनु स्वाभाविक भएको धारणा राखे ।  

उनले बजेटका विषयमा सांसदहरूका गुनासालाई अर्थमन्त्रीले न्यायोचित जवाफ दिएर चित्त बुझाउन सक्नुपर्ने बताए । 

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  ३ : ४० बजे

जनकपुरले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले एकै ओ‌भरमा गुमायो दुई विकेट, परेरा र अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती– दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ ।

जनकपुरले गुमायो चौथो विकेट, मोइन अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली