बजेट निर्माण प्रक्रियामा नै सुधार गर्नुपर्छ : प्रकाशशरण महत « Khabarhub

बजेट निर्माण प्रक्रियामा नै सुधार गर्नुपर्छ : प्रकाशशरण महत


९ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले बजेट निर्माण प्रक्रियामा नै सुधार गर्नुपर्ने बताएका छन् । 

सोमबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै महतले बजेटको न्यायोचित वितरणका लागि बजेट निर्माण प्रक्रियामा नै सुधार गर्नुपर्ने बताएका हुन् । उनले बजेटमाथिको छलफलमा संशोधन प्रस्ताव परे पनि हुबहु पारित गर्ने परम्परा रहेको जिकिर गरे ।

महतले देशै भरी सांसद र कर्मचारीहरूले सर्वे गरेर सम्बन्धित जिल्लामा आवश्यक पर्ने कुराहरूको प्राथमिकताको सूची बनाउँदै समान ढंगले बजेट वितरण गर्नुपर्नेमा जोड दिए ।  

सरकारले सांसदहरूको सिफारिसमा पनि बजेट विनियोजन गरेको भन्दै उनले कतै धेरै र कतै थोरै हुँदा गुनासो आउनु स्वाभाविक भएको धारणा राखे ।  

उनले बजेटका विषयमा सांसदहरूका गुनासालाई अर्थमन्त्रीले न्यायोचित जवाफ दिएर चित्त बुझाउन सक्नुपर्ने बताए । 

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  ३ : ४० बजे

युद्धविरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने

वासिङ्टन – अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए

स्पेन–केप भर्डे भिडन्त : पूर्ण फिट भए पनि यामाल सुरुवातमा बेन्चमै

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को महत्वपूर्ण

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र