कोशी बास्केटबलको उपाधि सुनसरीलाई « Khabarhub

कोशी बास्केटबलको उपाधि सुनसरीलाई


९ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

सुनसरी– धरानमा सम्पन्न कोशी प्रदेश खुल्ला बास्केटबल प्रतियोगिताको उपाधि सुनसरी बास्केटबल टिमले हात पारेको छ । इलाम बास्केटबल टिमलाई ८०–७३ अंकको अन्तरले पराजित गर्दै सुनसरीले उपाधिमाथि कव्जा जमाएको हो । 

उपाधिसँगै सुनसरी टिमले नगद दुईलाख रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता इलामले नगद १ लाख, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । फाइनल खेलको म्यान अफ द म्याच सुनसरी टिमका कैलाश लिम्बू घोषित भए । 

प्रतियोगिताको धरान मेघा उत्कृष्ट खेलाडीको उपाधि सुनसरी टिमका सुशन श्रेष्ठ घोषित भए । उनले नगद १० हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गरे । धरान बास्केटवल संघको आयोजना तथा कोशी प्रदेश खेलकुद विकास वोर्डको संयोजनमा सम्पन्न प्रतियोगिताको फाइनलमा २५–११, १६–१५, ३१–११, २२–२२ अंक जोडेका थिए । 

धरान १८ स्थित डिपो स्कुलको बास्केटवल कोर्टमा सम्पन्न फाइनलको विजेता तथा उपविजेता टिमलाई सुनसरी बास्केटल संघका अध्यक्ष नारायण सुवेदी, पुर्वसांसद जयकुमार राई, डिपो स्कुल व्यवस्थापन समिति अध्यक्ष अमर लिम्वु, सदस्य सुर्य पन्धाक लिम्वु, प्राचार्य राजकुमार राईले ट्रफि र प्रमाणपत्र वितरण गरेका थिए । 

प्रतियोगितामा सुनसरी, झापा, मोरङ, इलाम, उदयपुर, भोजपुर, ओखलढुङ्गा र धनकुटा गरि ८ जिल्लाका टिमले सहभागिता जनाएका थिए ।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  ४ : १४ बजे

जुवाखालबाट २७ जना पक्राउ

काठमाडौँ । प्रहरीले देशका विभिन्न ठाउँमा जाँचका क्रममा जुवातास खेलिरहेको

सोमबारदेखि देशभर ‘सरसफाइ सप्ताह’

काठमाडौँ । सरकारले सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री

छुरा प्रहारबाट युवकको हत्या

काठमाडौँ । धरानमा धारिलो छुरा प्रहारबाट एक जना युवकको मृत्यु

एनपीएलको दुवै सिजनको आय–व्यय पारित

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)को

वडा र पालिकाको अधिवेशन दुई चरणमा गर्ने रास्वपाको निर्णय

काठमाडौं । रास्वपाले वडा र पालिका तहको अधिवेशन दुई चरणमा