‘इरानको फोर्डो आणविक स्थलमा इजरायलको आक्रमण’  « Khabarhub

‘इरानको फोर्डो आणविक स्थलमा इजरायलको आक्रमण’ 


९ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


843
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इजरायलले तेहरानको दक्षिणमा रहेको इरानको भूमिगत आणविक स्थल फोर्डोमा पुनः आक्रमण गरेको छ ।

‘आक्रमणकारी (इजरायल) ले फेरि फोर्डो आणविक स्थलमा आक्रमण गरेको छ,’ कोम प्रान्तको संकट व्यवस्थापन प्राधिकरणका प्रवक्तालाई उद्धृत गर्दै तस्निम न्यूज एजेन्सीले जनाएको छ ।

संयुक्त राज्य अमेरिकाले इरानको फोर्डो आणविक केन्द्र तथा इस्फाहान र नातान्जलगायतका स्थलहरूमा अभूतपूर्व आक्रमण गरेको एक दिनपछि पछिल्लो आक्रमण भएको हो ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उक्त आक्रमणले इरानको आणविक क्षमतालाई ‘समाप्त’ पारेको बताउनुभएको छ तर अन्य अधिकारीहरूले इरानको आणविक कार्यक्रममा वास्तविक प्रभावको आँकलन गर्न धेरै चाँडो हुने बताएका छन्।

इरानले उक्त आक्रमणको निन्दा गर्दै अमेरिकी आक्रमणपछि ’प्रदूषणको कुनै संकेत नदेखिएको’ उल्लेख गर्दै प्रतिशोधको प्रतिबद्धता जनाएको छ ।

अमेरिकाले इरानमाथि आक्रमण गरी इरानका आणविक वैज्ञानिक, शीर्ष सैन्य कमान्डरको मृत्यु हुनुका साथै सैन्य अखडा, आणविक स्थल र आवासीय क्षेत्रमा प्रभाव परेको थियो ।
 

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  ४ : ४४ बजे

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री