युवा भ्रमित भए अग्रगमनले गति लिँदैन : प्रधानमन्त्री « Khabarhub

युवा भ्रमित भए अग्रगमनले गति लिँदैन : प्रधानमन्त्री


९ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

लतिलपुर– प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युवा भ्रमित भए परिवर्तन र अग्रगमनको गति सुस्त हुने बताएका छन् । राष्ट्रिय युवा संघ, नेपालको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक सम्बोधन गर्दै सोमबार उनले यस्तो बताएका हुन् । 

‘युवा सही बाटोमा अघि बढेमा देश सही बाटोमा अघि बढ्छ । युवालाई भ्रममा पार्न वा शिथिल पार्ने काम भएमा परिवर्तन र अग्रगमन सुस्त गतिमा अगाडि बढ्न पुग्छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘युवालाई उद्यमशीलतातर्फ कसरी अगाडि बढाउने भन्नेमा हामी लाग्नुपर्छ ।’

उनले युवा संघले विपक्षीहरूले फैलाएका भ्रमपूर्ण प्रचारको खण्डन गर्नुपर्ने र व्यक्ति छाडेर सही बाटोको पछि लाग्नुपर्नेमा जोड दिए । प्रधानमन्त्रीले युवा संघको नेतृत्वलाई आफ्नो कार्यकालका लागि सिङ्गो योजना बनाउन पनि सुझाव दिए । 

‘नयाँ इतिहास कायम राखोस् । असाधारण सक्रियताका साथ काम गरोस्,’ उनले भने, ‘यसले सामाजिक न्याय, राष्ट्रिय हित, रक्षा, सुशासन र वैज्ञानिक दृष्टिकोणजस्ता एमालेका नीतिप्रतिको प्रतिबद्ध संगठनका रुपमा उभ्याओस् ।’ 

अध्यक्ष ओलीले सही ढंगले नेतृत्व गर्न सक्ने व्यक्तिप्रति युवा असहिष्णु हुन नहुने भन्दै ‘इनोभेटिभ’ तरिकाले गर्ने खोजका कामहरू विश्वमा युवाले नै गरेकाले आफ्नो क्षेत्रमा दक्षता हासिल र नयाँ उपलब्धि हासिल गर्न अग्रसर हुन आव्हान गरे । 

युवा संघ जनताको स्वाभिमानको मजबुत किल्ला भएको भन्दै यसलाई कसैले भत्काउन नसक्ने उनको भनाइ थियो । प्रधानमन्त्री ओलीले युवा संघ समग्र सामाजिक क्रियाकलाप, जागरण र देशभक्तिपूर्ण भावको नायक भएको पनि बताए ।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  ५ : १८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै