युवा भ्रमित भए अग्रगमनले गति लिँदैन : प्रधानमन्त्री « Khabarhub

युवा भ्रमित भए अग्रगमनले गति लिँदैन : प्रधानमन्त्री


९ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

लतिलपुर– प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युवा भ्रमित भए परिवर्तन र अग्रगमनको गति सुस्त हुने बताएका छन् । राष्ट्रिय युवा संघ, नेपालको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक सम्बोधन गर्दै सोमबार उनले यस्तो बताएका हुन् । 

‘युवा सही बाटोमा अघि बढेमा देश सही बाटोमा अघि बढ्छ । युवालाई भ्रममा पार्न वा शिथिल पार्ने काम भएमा परिवर्तन र अग्रगमन सुस्त गतिमा अगाडि बढ्न पुग्छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘युवालाई उद्यमशीलतातर्फ कसरी अगाडि बढाउने भन्नेमा हामी लाग्नुपर्छ ।’

उनले युवा संघले विपक्षीहरूले फैलाएका भ्रमपूर्ण प्रचारको खण्डन गर्नुपर्ने र व्यक्ति छाडेर सही बाटोको पछि लाग्नुपर्नेमा जोड दिए । प्रधानमन्त्रीले युवा संघको नेतृत्वलाई आफ्नो कार्यकालका लागि सिङ्गो योजना बनाउन पनि सुझाव दिए । 

‘नयाँ इतिहास कायम राखोस् । असाधारण सक्रियताका साथ काम गरोस्,’ उनले भने, ‘यसले सामाजिक न्याय, राष्ट्रिय हित, रक्षा, सुशासन र वैज्ञानिक दृष्टिकोणजस्ता एमालेका नीतिप्रतिको प्रतिबद्ध संगठनका रुपमा उभ्याओस् ।’ 

अध्यक्ष ओलीले सही ढंगले नेतृत्व गर्न सक्ने व्यक्तिप्रति युवा असहिष्णु हुन नहुने भन्दै ‘इनोभेटिभ’ तरिकाले गर्ने खोजका कामहरू विश्वमा युवाले नै गरेकाले आफ्नो क्षेत्रमा दक्षता हासिल र नयाँ उपलब्धि हासिल गर्न अग्रसर हुन आव्हान गरे । 

युवा संघ जनताको स्वाभिमानको मजबुत किल्ला भएको भन्दै यसलाई कसैले भत्काउन नसक्ने उनको भनाइ थियो । प्रधानमन्त्री ओलीले युवा संघ समग्र सामाजिक क्रियाकलाप, जागरण र देशभक्तिपूर्ण भावको नायक भएको पनि बताए ।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  ५ : १८ बजे

रवि–बालेन भेटवार्ता : सुकुमबासी व्यवस्थापनदेखि सरकारको कार्यसम्पादनबारे छलफल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

मोदी खोलाको बाढीले घर र रेष्टुरेन्ट बगायो

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा आज आएको

झापामा मुन्द्रा लुट्ने एक जना पक्राउ

झापा – झापामा विद्यालयमा पुगेर बालबालिकालाई फकाइ–फुल्याइ कानको मुन्द्रा लुटेको

मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द

पर्वत – कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा आएको बाढीले