राष्ट्रपतिसमक्ष राजदूतहरुद्वारा ओहोदाको प्रमाणपत्र पेश « Khabarhub

राष्ट्रपतिसमक्ष राजदूतहरुद्वारा ओहोदाको प्रमाणपत्र पेश


९ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि नवनियुक्त राजदूतहरूले राष्ट्रपति भवनमा आज आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।

समारोहमा जनगणतन्त्र बङ्गलादेशका आवासीय राजदूत मो शाफिकुर रहमान, गणतन्त्र दक्षिण अफ्रिकाका गैरआवासीय राजदूत अनिल सूकलाल, गणतन्त्र एङ्गोलाका गैरआवासीय राजदूत क्लेमेन्टे पेड्रो फ्रान्सिस्को कामेन्ह र गणतन्त्र अर्जेन्टिनाका गैरआवासीय राजदूत मारिनो अगुस्टिनले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।

उक्त समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो । नवनियुक्त राजदूतहरूलाई काठमाडौँस्थित होटल डुसिट प्रिन्सेसदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवार गराइएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिए।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  ५ : २३ बजे

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौँ– नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले

१४ औँ महाधिवेशनलाई अदालतले मान्यता नदिए बाटो अलग : एनपी साउद

काठमाडौं- नेपाली कांग्रेस अहिले गगन थापा पक्ष, शेरबहादुर देउवा पक्ष

ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ एसिया तथा प्रशान्त क्षेत्रमा