प्रधानमन्त्री ओलीको तर्क- सही बिचार र नेतृत्वले नेकपा विभाजनपछि एमाले पहिलेकै अवस्थामा फर्कियो « Khabarhub

प्रधानमन्त्री ओलीको तर्क- सही बिचार र नेतृत्वले नेकपा विभाजनपछि एमाले पहिलेकै अवस्थामा फर्कियो


९ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सही बिचार र नेतृत्व भएकाले नेकपा विभाजनपछि एमाले पहिलेकै अवस्थामा फर्कन सफल भएको बताएका छन् ।  

सोमबार ललितपुरमा राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूहरूलाई सिद्ध्याउँछौँ भनेर प्रतिक्रियावादीहरू लागे पनि सही बिचार र नेतृत्व भएकाले नेकपा विभाजनपछि एमाले पहिलेकै अवस्थामा फर्कन सफल भएको बताएका हुन् ।

उनले अझै पनि एमालेलाई घेराबन्दीमा पार्ने र भ्रमपूर्ण प्रचार हुने गरेकाले त्यसका विरुद्ध लाग्न युवा संगठनलाई निर्देशन दिए ।

प्रधानमन्त्री ओलीले युवाहरूले व्यक्तिको नभई सही विचार र नेतृत्वको पक्षपोषणमा लाग्नुपर्नेमा जोड दिए । सामाजिक न्याय, राष्ट्रिय हित, रक्षा, सुशासन र वैज्ञानिक दृष्टिकोणजस्ता एमालेका नीतिप्रतिको प्रतिबद्ध सङ्गठन उभिन पनि उनले युवा संघलाई आग्रह गरे ।  

युवा संघ जनताको स्वाभिमानको मजबुत किल्ला भएकाले यसलाई कसैले भत्काउन नसक्ने स्पष्ट गर्दै ओलीले युवा संघ सामाजिक क्रियाकलाप, जागरण र देशभक्तिपूर्ण भावको नेतृत्वकर्ता भएको बताए । 

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  ६ : २८ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले