प्रधानमन्त्री ओलीको तर्क- सही बिचार र नेतृत्वले नेकपा विभाजनपछि एमाले पहिलेकै अवस्थामा फर्कियो « Khabarhub

प्रधानमन्त्री ओलीको तर्क- सही बिचार र नेतृत्वले नेकपा विभाजनपछि एमाले पहिलेकै अवस्थामा फर्कियो


९ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सही बिचार र नेतृत्व भएकाले नेकपा विभाजनपछि एमाले पहिलेकै अवस्थामा फर्कन सफल भएको बताएका छन् ।  

सोमबार ललितपुरमा राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूहरूलाई सिद्ध्याउँछौँ भनेर प्रतिक्रियावादीहरू लागे पनि सही बिचार र नेतृत्व भएकाले नेकपा विभाजनपछि एमाले पहिलेकै अवस्थामा फर्कन सफल भएको बताएका हुन् ।

उनले अझै पनि एमालेलाई घेराबन्दीमा पार्ने र भ्रमपूर्ण प्रचार हुने गरेकाले त्यसका विरुद्ध लाग्न युवा संगठनलाई निर्देशन दिए ।

प्रधानमन्त्री ओलीले युवाहरूले व्यक्तिको नभई सही विचार र नेतृत्वको पक्षपोषणमा लाग्नुपर्नेमा जोड दिए । सामाजिक न्याय, राष्ट्रिय हित, रक्षा, सुशासन र वैज्ञानिक दृष्टिकोणजस्ता एमालेका नीतिप्रतिको प्रतिबद्ध सङ्गठन उभिन पनि उनले युवा संघलाई आग्रह गरे ।  

युवा संघ जनताको स्वाभिमानको मजबुत किल्ला भएकाले यसलाई कसैले भत्काउन नसक्ने स्पष्ट गर्दै ओलीले युवा संघ सामाजिक क्रियाकलाप, जागरण र देशभक्तिपूर्ण भावको नेतृत्वकर्ता भएको बताए । 

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  ६ : २८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै