एएफसी एसियन कप छनोट खेल्ने नेपाली टोलीको बिदाइ (तस्बिरहरू) « Khabarhub

एएफसी एसियन कप छनोट खेल्ने नेपाली टोलीको बिदाइ (तस्बिरहरू)


९ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उज्वेकिस्तानमा हुने एएफसी एसियन कप छनोट खेल्न जाने नेपाली राष्ट्रिय महिला फुटबल टोलीको सोमबार बिदाइ गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले कार्यक्रम गरी उनीहरूको बिदाइ गरेको हो ।

नेपाली टोलीलाई बिदाइ गर्दै युवा तथा खेलकुद मन्त्रालयका सचिव हरि प्रसाद लम्सालले जितको शुभकामना दिए । एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङले समूह विजेता बन्दै एसियन कपमा स्थान बनाउन शुभकामना दिए ।

एसियन छनोटमा नेपाल समूह एफमा छ। नेपाल रहेको समूहमा आयोजक उज्वेकिस्तानसहित लाओस र श्रीलंका छन्। यही असार ६ गते मुख्य प्रशिक्षक प्याट्रिक डि वाइल्डले प्रतियोगिताका लागि २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका थिए ।

छनोटको पहिलो खेलमा नेपालले असार १५ गते लाओसविरुद्ध खेल्दै एसियन कप छनोटको यात्रा सुरु गर्नेछ । दोस्रो खेलमा १८ गते श्रीलंका र २१ गते घरेलु टोली उज्बेकिस्तानविरुद्ध खेल्नेछ ।

समूह ‘एफ’को शीर्ष स्थानमा रहन सके नेपाली महिला टोली एसियन कपका लागि छनोट हुनेछ ।

नेपाली टोली
गोलरक्षकः
अञ्जिला तुम्बाप्पो सुब्बा, उषा नाथ, अन्जना राना मगर
डिफेन्डरः गिता राना, निसा थोकर, समीक्षा घिमिरे, मनमाया दमाई, प्रतिक्षा चौधरी, विमला विक, पुजा राना, अमृता जैसी
मिडफिल्डरः विमला चौधरी, अनिता बस्नेत, रेनुका नगरकोटे, प्रिती राई, सरु लिम्बु, सविता राना मगर, सरस्वती हमाल
फरवार्डः सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी र रेखा पौडेल

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  ६ : ४७ बजे

भोटेकोशीको बाढीपछि विद्युत् प्रणालीमा चाप : हिउँदको सङ्कट टार्न भूमिगत ग्रिड विस्तार

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले विभिन्न जलविद्युत्

इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’ सुरु, सभामुख अर्यालले उद्घाटन गर्ने

इटहरी – सरकारले युवालाई व्यावहारिक सीप प्रदान गरी रोजगारका अवसरसँग

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सहभागी

पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका मनमोहक तस्बिर

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले सामाजिक सञ्जालमा पोखरा

गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा

रुपन्देही- मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै