भोलिको संसद् बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेसद्वारा सांसदलाई ह्वीप « Khabarhub

भोलिको संसद् बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेसद्वारा सांसदलाई ह्वीप


९ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसले मंगलबारको प्रतिनिधिसभा बैठकका लागि आफ्नो दलका सांसदहरूलाई ‘ह्वीप’ जारी गरेको छ । 

कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले पार्टीका सांसदहरूलाई सन्देशमार्फत् मंगलबारको प्रतिनिधिसभा बैठकका लागि आफ्नो दलका सांसदहरूलाई ‘ह्वीप’ जारी गरेका हुन् । 

कांग्रेसका एकजना सांसदले मंगलबार संसद्मा पेश हुन गइरहेको आर्थिक वर्ष २०८२-८३ को विनियोजन विधेयकको पक्षमा मतदान गर्न पार्टीले ‘ह्वीप’ लगाएको जानकारी दिए । 

‘भोलि १० गते बस्ने संसद् बैठकमा आ.व. ८२-८३को बजेट पारित गरिने हुँदा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र प्रस्तावको पक्षमा मतदान गर्न यो ‘ह्वीप’ जारी गरिन्छ,’ कांग्रेस प्रमुख सचेतक घिमिरेले सांसदहरूलाई पठाएको सन्देशमा भनिएको छ । 

सरकारद्वारा गत जेठ १५ गते संघीय संसद्मा पेश भएको आर्थिक वर्ष २०८२-८३ को विनियोजन विधेयक, २०८२ मंगलबार प्रतिनिधिसभाको बैठकमा निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको छ ।

यसअघि सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेले पनि विनियोजन विधेयकको प्रस्तावको पक्षमा मतदान गर्न आफ्ना दलका सांसदहरूलाई ‘ह्वीप’ जारी गरेको थियो ।  

एमाले संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाद्वारा जारी ह्वीपमा सबै सदस्यहरूलाई अनिवार्य उपस्थित भई प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन दिइएको थियो ।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  ७ : ०८ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले