मन्त्रिपरिषद् बैठक : सशस्त्रका दुई डीआईजीको पदावधि थप्ने निर्णय | Khabarhub Khabarhub

मन्त्रिपरिषद् बैठक : सशस्त्रका दुई डीआईजीको पदावधि थप्ने निर्णय


९ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


504
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले सशस्त्र प्रहरी बलका दुई नायब महानिरीक्षक (डीआईजी)को पदावधि थप गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले डीआईजी कालीदास धौवजी र कुमार न्यौपानेको कार्यकाल थप गर्ने निर्णय गरेको हो।

सरकारको निर्णयअनुसार धौवजीको सेवा अवधि २०८२ साल असोज २४ गतेसम्म कायम रहनेछ भने न्यौपानेको कार्यकाल २०८२ माघ २९ गतेसम्म रहनेछ।

पदावधि थप गर्दा उमेर सीमा ५६ वर्ष र अधिकतम ३० वर्षको सेवा अवधि ननाघ्ने सर्तसहित निर्णय गरिएको सरकारी स्रोतले जनाएको छ।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  १० : ३६ बजे

गृहमन्त्रीलाई सुधन गुरुङको प्रश्न : ओली सरकारकै पारामा ढल्किनु भएको हो ?

काठमाडौं – जेनजी आन्दोलनका अगुवा सुधन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्याललाई

भैरहवा भन्सारबाट तीन महिनामा २७ अर्ब ७५ करोड राजस्व सङ्कलन

रुपन्देही – भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम तीन

काठमाडौंमा आज विप्लवको जनप्रदर्शन

काठमाडौं – नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज काठमाडौंमा

जसपा केन्द्रीय समिति बैठक : अध्यक्षको प्रतिवेदनमाथि छलफल

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक

कोरियाली सहयोगमा बर्दियामा समावेशी ग्रामीण विकास परियोजना सुरू

काठमाडौं – कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)ले सङ्घीय मामिला तथा