कतारले अस्थायी रुपमा बन्द गर्‍यो आफ्नो हवाई क्षेत्र « Khabarhub

कतारले अस्थायी रुपमा बन्द गर्‍यो आफ्नो हवाई क्षेत्र


९ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इरान र अमेरिकाबीचको सैन्य तनाव चुलिँदै गइरहेका बेला कतारले आफ्नो सम्पूर्ण हवाई क्षेत्र बन्द गरेको छ। कतारी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नागरिक, विदेशी बासिन्दा तथा पर्यटकहरूको सुरक्षालाई प्राथमिकता दिँदै यस्तो कदम चालेको जनाएको छ।

कतारको राजधानी दोहामा विस्फोटको आवाज सुनिएको रिपोर्ट रोयटर्स र एएफपी जस्ता अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले प्रसारण गरेका छन् । स्थानीय स्रोतहरूले रातभर विभिन्न स्थानमा विस्फोटको आवाज र आकस्मिक सायरन सुनेको बताएका छन् ।

यसैबीच अमेरिकी सञ्चारमाध्यमहरूले इरानले कतारस्थित अमेरिकी सैन्य अड्डा ‘अल उदीद एयर बेस’मा क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन्। सो बेस अमेरिकाको मध्यपूर्वमा रहेको सबैभन्दा ठूलो सैन्य अड्डा हो, जहाँ हजारौं अमेरिकी सैनिक तैनाथ छन्। हालै मात्र अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त बेसको भ्रमण गरेका थिए।

यसअघि नै अमेरिकी रक्षा अधिकारीहरूले इरानबाट सम्भावित आक्रमणको जोखिमको चेतावनी दिएका थिए। गत शनिबार इरानका आणविक केन्द्रहरूमा अमेरिकी हवाई आक्रमणपछि क्षेत्रीय तनाव थप बढेको थियो।

कतारको आन्तरिक सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा रहेको जनाइएको छ भने अन्तर्राष्ट्रिय उडानहरू अवरुद्ध हुँदा खाडी क्षेत्रको हवाई यातायातमा समेत असर परेको छ।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  ११ : २१ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले