रायोको सागमा भेटियो अत्यधिक मात्रामा विषादी  | Khabarhub Khabarhub

रायोको सागमा भेटियो अत्यधिक मात्रामा विषादी 


७ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रायोको सागमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । 

दोलखाबाट ल्याइएर कालीमाटी तरकारी बजारमा बिक्रीका लागि राखिएको रायोको सागमा ८०.९५९० प्रतिशत अर्गानोफस्फेट नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

केन्द्रीय कृषि प्रयोगशालाले बुधबार कालीमाटी तरकारी बजारका १७ पसलको १७ थरी तरकारी तथा फलफूल परीक्षण गरेको थियो ।

परीक्षण क्रममा रायो सागमा उक्त मात्रामा विषादी भेटिएको हो । विषादीको मात्रा धेरै भेटिएको उक्त रायोको साग उपभोग अयोग्य रहेको जनाइएको छ । 

बजारमा कार्वामेट र अर्गानोफस्फेट समूह कीटनाशक विषादीको मात्र परीक्षण गरिँदै आएको छ । यस्तो प्रकारको विषादी ३५ प्रतिशतभन्दा कम उपभोग योग्य, ३५ देखि ४५ प्रतिशतसम्म केही दिन राखेर खान मिल्ने र ४५ प्रतिशतभन्दा बढी खान अयोग्य मानिन्छ ।

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  ११ : ४९ बजे

पिपुल्स पावर हकप्रद शेयर लिलामी बिक्रीमा

काठमाडौं – पिपुल्स पावर लिमिटेडले हकप्रद शेयर लिलामी बिक्रीमा राखेको

माबिलुङ्ग इनर्जीको आइपीओ बाँडफाँड

काठमाडौं– माबिलुङ्ग इनर्जी लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण शेयर

सुत्केरीलाई पोषण सामग्री वितरण

भोजपुर– सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य सुधार गर्ने उद्देश्यले

सागर डिष्टिलरीको आइपीओ बाँडफाँड

काठमाडौं– सागर डिष्टिलरी लिमिटेडले साधारण शेयर (आइपीओ) बाँडफाँड गरेको छ।

साफ यु–१७ महिला च्याम्पियनसिप : नेपालले आज बङ्गलादेशसँग खेल्दै

काठमाडौं– १७ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र