गगन थापा भन्छन्- निर्वाचनमा गठबन्धन गर्न हुँदैन | Khabarhub Khabarhub

गगन थापा भन्छन्- निर्वाचनमा गठबन्धन गर्न हुँदैन


७ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

चितवन– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचनमा गठबन्धन गर्न नहुने विषय महासमितिबाट पारित गरेको बताएका छन्  । 

नेपाली कांग्रेस चितवनले ४३ औँ बिपी स्मृति दिवसको सन्दर्भमा बुधबार आयोजित बिपी विचार र पार्टीमा रूपान्तरणको अभियान विषयक विचार गोष्ठीमा उनले सो कुरा बताएका हुन् ।

पन्ध्रौँ महाधिवेशनमा जसले नेतृत्व गरे पनि अब रुखमाबाहेक अन्यत्र भोट हाल्नुपर्ने अवस्था नआउने उनको भनाइ थियो । उनले भने, ‘गठबन्धन नगरे सरकारमा पुगिन्न की भन्ने डरले, अर्को मिलेर सरकारमा गइदेला भन्ने डरले, सरकार र सत्ता भन्ने कुराको डर र लोभले गर्दा गठबन्धन भएको हो । यसबाट बाहिर निस्कँदा पार्टी बन्छ ।’

कुनै पनि नेता तथा कार्यकर्ताले सिद्धान्तसँग सम्झौता गर्न सक्दिन भनेर आफूलाई प्रस्तुत गर्न सक्यो भने तत्कालको लाभ नपाए पनि पार्टी बलियो बन्ने उनको भनाइ थियो ।

उनले भने, ‘सत्ता छोड्नुपर्ने डर, सत्ता लिप्साबाट हामी बाहिर निस्कनुपर्छ ।’ सो अवसरमा नेपाली कांग्रेसका  केन्द्रीय कोषाध्यक्ष उमेश श्रेष्ठ, केन्द्रीय सदस्य मीन विश्वकर्मा र मधु आचार्यले बिपीको मार्गदर्शन अनुशरण गर्दै अघि बढ्नुपर्छ भने । 

कार्यक्रममा युवा नेता प्रमोद हरि गुरागाई, महासमिति सदस्य विष्णु पाण्डे, प्रजातान्त्रिक विचार समाजका अध्यक्ष सुरेश आचार्य, नेपाल पत्रकार महासङ्घ चितवनका अध्यक्ष वसन्त पराजुली, शिक्षक सङ्घ चितवनका अध्यक्ष इन्दिरा मरहठ्ठा अधिवक्ता उद्धव लोहनी, गोविन्द सिग्देल, प्राध्यापक प्रदीप वाग्ले, कृष्णप्रसाद न्यौपाने, रमेश खनाललगायतले पार्टीलाई सुझाव दिएका थिए । जिल्ला सभापति राजेश्वर खनालले पेसाकर्मीहरूबाट आएका सुझाव पार्टीका लागि महत्त्वपूर्ण रहेको बताए । रासस
 

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  १२ : १५ बजे

साउनमा एक खर्ब ४३ अर्बको आयात, २३ अर्बको निर्यात

काठमाडौं– चालु आर्थिक वर्षको पहिलो महिनामा रु एक खर्ब ६६

स्थानीय निकायबाट आधारभूत स्वास्थ्य सेवा प्रवाह हुँदै

मोरङ– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आगामी असोज मसान्तसम्ममा स्थानीय

लिपुलेक नाका सम्बन्धी भारत–चीन सहमतिको विरोध (तस्बिरहरू)

काठमाडौं– संयुक्त विद्यार्थी संगठनले भारत र चीनबीच हालै भएको लिपुलेक

वर्षौँपछि पाकिस्तानका परराष्ट्रमन्त्रीको बंगलादेश भ्रमण

ढाका- पाकिस्तानका परराष्ट्रमन्त्री इसहाक डार शनिबार बंगलादेशको भ्रमणमा गएका छन्

‘स्क्रब टाइफस’बाट एक जनाको मृत्यु

चितवन– स्क्रब टाइफसबाट शनिबार यहाँ एक महिलाको मृत्यु भएको छ