सप्तकोशी नदीमा बेपत्ता भएका बालकको खोजी जारी | Khabarhub Khabarhub

सप्तकोशी नदीमा बेपत्ता भएका बालकको खोजी जारी


७ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

धरान– सोमबारदेखि सप्तकोशी नदीमा बेपत्ता भएका बालकको खोजी जारी रहेको छ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–१ का १२ वर्षीय दीपेश मेहता सप्तकोशी नदीमा नुहाउने क्रममा बेपत्ता भएका थिए । 

गत सोमबार बिहान करिब ९ः४५ बजे बराहक्षेत्र नगरपालिका–९ राजाबासस्थित दुई जना साथीसँग कोशी नदीमा पौडी खेल्न गएकामध्ये दुई जना सकुशल निस्किएका थिए भने उनी बेपत्ता भएका सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए ।

सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम प्राप्त टोली र नेपाल प्रहरीको समन्वयमा बालकको खोजी जारी रहेको उपरीक्षक थापाले बताए। खोजी कार्य बराहक्षेत्र–९ स्थित सप्तकोशी नदी आसपास केन्द्रित गरिएको छ । हालसम्म बालक फेला नपरेका प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  १२ : ३६ बजे

पिपुल्स पावर हकप्रद शेयर लिलामी बिक्रीमा

काठमाडौं – पिपुल्स पावर लिमिटेडले हकप्रद शेयर लिलामी बिक्रीमा राखेको

माबिलुङ्ग इनर्जीको आइपीओ बाँडफाँड

काठमाडौं– माबिलुङ्ग इनर्जी लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण शेयर

सुत्केरीलाई पोषण सामग्री वितरण

भोजपुर– सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य सुधार गर्ने उद्देश्यले

सागर डिष्टिलरीको आइपीओ बाँडफाँड

काठमाडौं– सागर डिष्टिलरी लिमिटेडले साधारण शेयर (आइपीओ) बाँडफाँड गरेको छ।

साफ यु–१७ महिला च्याम्पियनसिप : नेपाल आज बङ्गलादेशसँग खेल्दै

काठमाडौं– १७ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र