कुवेतमा कामदार भिसामा ठगी गर्ने गिरोह सार्वजनिक « Khabarhub

कुवेतमा कामदार भिसामा ठगी गर्ने गिरोह सार्वजनिक


७ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

दुबईः आप्रवासी कामदारका सम्बन्धमा कानुनी अधिकारको दुरुपयोग गरेको आरोप लागेको गिरोहलाई कुवेतको गृह मन्त्रालयले कारबाही सञ्चालन गरेको छ ।

मानव बेचबिखन र भिसा ठगी विरुद्धको पछिल्लो कारबाहीमा मन्त्रालयले भिसा योजना खारेज गरेको छ । आप्रवासी कामदारहरूको अवैध दर्ताबाट नाफा कमाउन आफ्नो कानुनी अधिकारको दुरुपयोग गरेको आरोपमा एक कुवेती नागरिक पक्राउ परेका छन् ।

अल काबास अरबी दैनिकका अनुसार ती कुवेती नागरिकमाथि दर्जनौं शेल र कम्पनीमार्फत् ‘भिसा–फर–क्यास’ योजना चलाएको आरोप छ । आवास मामिला अनुसन्धान विभागको सामान्य समन्वयमा गरिएको यो अपरेशनले एकल व्यक्तिको नियन्त्रणमा रहेका २५ कम्पनीहरू र चार सम्बद्ध व्यवसायहरू समावेश भएको जटिल नेटवर्कको खुलासा गरेको छ ।

गल्फन्युजमा प्रकाशित खितम अल अमिरको रिपोर्ट अनुसार मुख्य संदिग्धको पहिचान खुलाइएको छैन । फर्महरूको तर्फबाट हस्ताक्षर गर्न अधिकार प्रदान गरिएका ती नागरिकलाई फर्जी रूपमा विदेशी कामदारहरू दर्ता गरेको र आवासीय अनुमतिपत्र बिक्री गरेको आरोप छ ।

कम्पनीहरूमा अवैध रूपमा ५६ जना कामदारहरू दर्ता भएका थिए । जसमा धेरैले कुवेतको बसोबास कानून र भिसा नियमहरू उल्लङ्घन गरेका थिए । त्यस्ता अवैध कामदारमा आफ्नो प्रायोजक नभएका, सूचीकृत नभएका संस्थामा काम गरिरहेका, म्याद सकिएर बसेका र अनुमतिपत्रका सर्तहरू उल्लङ्घन गरेका थिए ।

सोधपुछको लागि बोलाइँदा अभियुक्तले भिसा र कार्य अनुमतिको व्यवस्था गर्नका लागि ३५० केडी देखि १२०० केडीसम्मको भुक्तानी गरेको बताएका थिए ।

उनीहरूले एक सिरियाली र एक भारतीय बिचौलियामार्फत काम गरेको स्वीकार गरेका थिए । यद्यपि उनीहरूलाई स्पोन्सर र रोजगारको ग्यारेन्टी गरिएको थिएन ।

अधिकारीहरूले यो मुद्दाले देशमा भिसा तस्करीले निम्त्याएको निरन्तर चुनौतीलाई देखाएको बताएका छन् । कर्पोरेट इजाजतपत्रका साथै बसोबास र वर्कपर्मिट (कार्य अनुमति) को निगरानीलाई कडा बनाउनुपर्ने चुनौती थपिएको अधिकारीहरूले बताएका छन् ।

गृह मन्त्रालयले कानून लागू गर्ने र व्यक्तिगत लाभको लागि श्रम प्रणालीको शोषण गर्नेहरूलाई जवाफदेही बनाउने प्रतिबद्धता दोहोर्‍याएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  १ : ३१ बजे

भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते आएको

न्युजिल्यान्डलाई नेपाल ‘ए’ले दियो २१२ रनको लक्ष्य

काठमाडौँ – अष्ट्रेलियामा जारी शृङ्खलाको अन्तिम एकदिवसीय खेलमा नेपाल ‘ए’

एसिसी प्रिमियर कप : साउदीले नेपाललाई दियो १९१ रनको चुनौती

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत आइतबार

वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई