पूर्वराष्ट्रपतिलाई रोक्ने निर्णयपछि विष्णु पौडेल भन्छन्- एमाले फुटाउन खोज्नेहरूको सपना तुहियो « Khabarhub

पूर्वराष्ट्रपतिलाई रोक्ने निर्णयपछि विष्णु पौडेल भन्छन्- एमाले फुटाउन खोज्नेहरूको सपना तुहियो


७ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


450
Shares
  • change font
  • change font
  • change font

बुटवल- उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले एमालेलाई विभाजन गर्न खोज्नेहरूको सपनामा तुषरापात भएको बताएका छन् ।

मुलुकको सर्वोच्च संस्था राष्ट्रपति पदमा आशिन भइसकेको व्यक्ति पार्टी राजनीतिमा आउनु उपयुक्त नहुने भनेर केन्द्रीय कमिटीले एकमतले निर्णय गरेपछि विभाजन चाहनेको सपना तुहिएको उनले जिकिर गरे ।

पुष्पलाल स्मृति दिवसको अवसरमा एमालेले बुधबार बुटवलमा गरेको अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै एमाले उपाध्यक्षसमेत रहेका पौडेलले यस्तो बताएका हुन् ।

‘एमाले पार्टी विभाजनमा भूमिका खेलेकाहरूले अहिले फेरि पनि विभाजन गर्न सकिन्छ कि भनेर कोशिस गरिरहेका थिए’, उनले भने, ‘तर पार्टीले एकमतले निर्णय गरेपछि उनीहरूको सपनामा तुषारापात भएको छ । पार्टीभित्र अस्थिरता मच्चाउने र विभाजनको कोशिश गर्ने तत्वको सपना विफल भएको छ ।’

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  १ : १९ बजे

पार्टीभित्र देखिएको विभाजन र मतभेद लामो समय रहँदैन : मोहन बस्नेत

काठमाडौं– नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टीभित्र देखिएको विभाजन र

कालीगण्डकी बाढीले बागलुङ र पर्वत जोड्ने पुल क्षतिग्रस्त, आवतजावत ठप्प

बागलुङ– कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वत र बाग्लुङ जोड्ने मालढुंगा

आईएमएफद्वारा ऋण ढाँचामा सुधारको प्रस्ताव

एजेन्सी- अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०१८ पछि पहिलो पटक

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ– नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको

पूर्वप्रधानन्यायाधीश जबराको अनुगमनमा प्रहरीले रोक लगाएपछि आयोगको ध्यानाकर्षण

काठमाडौं– सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ