दक्षिण कोरियामा जन्मदरमा कीर्तिमानी वृद्धि « Khabarhub

दक्षिण कोरियामा जन्मदरमा कीर्तिमानी वृद्धि


७ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

सियोल– दक्षिण कोरियाले सन् २०२५ को पहिलो पाँच महिनामा जन्मदरमा कीर्तिमानी वृद्धि हासिल गरेको तथ्यांक निकायका अधिकारीले बुधबार बताएका छन् ।

यो देश विश्वको सबैभन्दा लामो जीवन प्रत्याशा र सबैभन्दा कम जन्म दर भएको मुलकमध्ये एक हो ।  यो संयोजनले बढ्दो जनसाङ्ख्यिकीय चुनौती प्रस्तुत गरेको छ । 

सियोलले महिलाहरूलाई बढीभन्दा बढी बच्चा जन्माउन प्रोत्साहित गर्न र जनसङ्ख्या स्थिरता कायम गर्न अर्बौं डलर खर्च गरेको छ ।

‘जनवरीदेखि मे महिनासम्मको पाँच महिनाको अवधिमा दक्षिण कोरियामा जन्म भएका नवजात शिशुको सङ्ख्या एक लाख छ हजार ४८ रहेको छ । यो देशको अघिल्लो बषैको सोही अवधिको तुलनामा ६.९ प्रतिशतले वृद्धि हो सन् १९८१ मा तथ्यांक संकंलन सुरु भएयताको सबैभन्दा उच्च वृद्धि दर हो,’ कोरियाली तथ्यांक कार्यालयका अधिकारी काङ ह्युन–योङले भने । 

दक्षिण कोरियाले एक दशकभन्दा बढी समयपछि पहिलो पटक शिशुको जन्मदर र सङ्ख्यामा वृद्धि भएको अनुभव गरेको हो । सन् २०२४ मा नवजात शिशुको सङ्ख्या अघिल्लो वर्षको तुलनामा आठ हजार ३०० अर्थात् ३.६ प्रतिशतले बढेर दुई लाख ३८ हजार ३०० पुगेको छ ।

विशेषगरी अप्रिलमा, एक वर्षको अवधिमा सबैभन्दा बढी शिशुले जन्म लिएका छन् । यो अघिल्लो वर्षको सोही महिनाको तुलनामा ८.७ प्रतिशतले वृद्धि हो । अप्रिलमा जन्म भएका कूल शिशुको जन्म सङ्ख्या २० हजार ७१७ रहेको थियो ।

पछिल्लो आँकडाले सन् २०२४ को सुरुदेखि नै तीव्र परिवर्तनलाई सङ्केत गरेको छ । सन् २०२४ को जनवरी-मे अवधिमा जन्म सङ्ख्या अघिल्लो वर्षको तुलनामा २.७ प्रतिशतले घटेको थियो।

मे महिनामा प्रजनन दर वा एक महिलाले आफ्नो जीवनकालमा बच्चा जन्माउने औसत सङ्ख्या ०.७५ कायम भएको थियो । पाँच करोड १० लाख जनसङ्ख्या कायम राख्न २१ लाख बालबालिकाको प्रजनन दर आवश्यक पर्छ ।

सियाटलस्थित ‘युनिभर्सिटी अफ वासिङ्टनको इन्स्टिच्युट फर हेल्थ मेट्रिक्स एन्ड इभ्यालुएसन’का अनुसार हालको दरमा सन् २१०० सम्ममा जनसङ्ख्या करिब आधा भएर दुई करोड ६८ लाख पुग्नेछ ।

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  १ : ४२ बजे

वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई

गोरखाको नाम्रुङ खोलामा बाढी: दुई घर र फलामे पुल बगायो

काठमाडाैँ – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ स्थित नाम्रुङ खोलामा आएको

चितवन प्रहरी गर्‍यो ३३३ शवको व्यवस्थापन

नारायणगढ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली र नारायणी

भोटेकोशी बाढी: १३ सय ४१ जनाको शव भेटियो, चार हजार अझै बेपत्ता

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सञ्चालित खोज