रास्वपाले भन्यो- स्पेनको कार्यक्रममा नक्कली सहभागी बनाएर लगेको तथ्य सार्वजनिक हुँदानि सरकारले देखेन « Khabarhub

रास्वपाले भन्यो- स्पेनको कार्यक्रममा नक्कली सहभागी बनाएर लगेको तथ्य सार्वजनिक हुँदानि सरकारले देखेन


७ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने माग राख्दै बुधबार पनि प्रतिनिधिसभा बैठकमा विरोध जनाएको छ ।  

बुधबार प्रतिनिधिसभा बैठक सुरु हुने बित्तिकै रास्वपाका सांसदहरूले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपाकी सांसद बिन्दबासिनी कंसाकारलाई बोल्न समय दिए  ।

सांसद कंसाकारले तस्करहरू अझै सरकारसँग नडराएको भन्दै उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने बताइन् । स्पेनको कार्यक्रममा समेत नक्कली सहभागी बनाएर लगेको तथ्य सार्वजनिक हुँदासमेत सरकारले नदेखेको उनले बताइन् ।

उनले यस विषयमा उच्चस्तरीय न्यायिक वा संसदीय समिति नबनेसम्म आन्दोलन रहने उल्लेख गरिन् । 

त्यस्तै उनले घुस प्रकरणमा जोडिएका मन्त्रीहरूमाथि कारबाही गर्न माग गरिन् । आफ्ना मागको सुनुवाइ नभएको भन्दै रास्वपाका सांसदहरूले सदन बहिष्कार गरेका छन् । 

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  १ : ४९ बजे

तटबन्धले जोगायो गैँडाकोटको बस्ती

नवलपुर– यही असोज ११ गते नारायणी नदीमा पछिल्लो ६० वर्षयताकै

बाढीपहिरोले प्रभावित म्याग्दीको प्रसारण लाइन मर्मत सुरु

म्याग्दी– बाढीपहिरोबाट प्रभावित म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङमा विद्युत् आपूर्तिका

वैदेशिक रोजगारी छाडेर गाउँ फर्किएका भोजपुरका युवा कृषि र बाख्रापालनमा

काठमाडौँ – भोजपुरका युवाहरू पछिल्लो समय वैदेशिक रोजगारीको मोह छाडेर

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता