उषाकिरणको प्रतिक्रिया- एमालेलाई नैतिक समर्थन गर्नसमेत नसकिने तहसम्मै पुर्‍याउने रहेछन् « Khabarhub

उषाकिरणको प्रतिक्रिया- एमालेलाई नैतिक समर्थन गर्नसमेत नसकिने तहसम्मै पुर्‍याउने रहेछन्


७ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले)ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी राजनीतिमा सक्रिय हुन रोक लगाउने निर्णय गरेको छ।

मंगलबार मध्यरात च्यासलमा सम्पन्न केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई पुनः पार्टी राजनीतिमा सक्रिय हुन नदिने औपचारिक निर्णय गरेको हो।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूसँग प्रतिस्पर्धा गर्न आउन खोजेको भन्दै भण्डारीले डेढ वर्षअघि नै नवीकरण गरिसकेको संगठित सदस्यतासमेत रोकिदिएका छन् ।

एमालेको यस निर्णयपछि पूर्वराष्ट्रपति पुत्री एवम् मदन भण्डारी फाउन्डेसनकी अध्यक्ष उषा किरण भण्डारीले आफू अचम्मित परेको बताएकी छन् ।

पार्टीको यो निर्णयपछि पूर्वराष्ट्रपति भण्डारीकी छोरी तथा मदन भण्डारी फाउन्डेसनकी अध्यक्ष उषाकिरणले सामाजिक सञ्जालमार्फत कडा प्रतिक्रिया व्यक्त गरेकी छन्।

उनले लेखेकी छन्, ‘तपाईंहरूमध्ये कति जना यो निर्णयबाट छक्क पर्नुभएको छ, यो निर्णय देखेर म छक्क परें। तपाईंहरू मानव प्रकृतिलाई नहेरी कसरी बाँचिरहनुभएको छ?’

उषाकिरणले आफू भने निर्णय र त्यसमा पुग्न प्रयोग गरिएको ‘तिगडम’बाट अचम्मित बताएकी छन् । ‘म खुसी छु कि यो खुला रूपमा बाहिर आयो। अनि, आज कमरेड पुष्पलालको स्मृति दिवस पनि रहेछ, कस्तो संयोग !’, उनले भनेकी छन् ।

उनले विगतमा पुष्पलालको परिवारले राजनीति गर्न नचाहेको बताउँदै पार्टीप्रति नैतिक समर्थन जनाउन पनि मुश्किल परेको स्मरण गरेकी छन् ।

‘मलाई उहिले उहिले लाग्थ्यो किन उहाँको परिवार एमालेमा नैतिक समर्थन गर्न पनि देखिने गरि प्रस्तुत हुँदैन, हामीलाई त आमाले राजनीति गर्न मन छैन भने पनि सधैँ देखिने गरि पार्टीको समर्थनमा उभिनु, नैतिक समर्थन गर्नु, टाढा नजानु भन्नुहुन्छ र सोही अनुरुप कोशिश गरियो’, उनले भनेकी छन्, ‘तर विगत एक महिनादेखि मलाई ज्ञान भयो, नैतिक समर्थन पनि गर्न नसकिने तहसम्म पनि पुर्‍याउने रहेछन् ।’

उनले उक्त ज्ञानको बोझ यहाँनेर बिसाउने मौका दिएको उनले बताएकी छन् । ‘यो ज्ञानको बोझ आज यहाँ बिसाउने मौका यो प्रकरणले दियो – त्यसकारण यो प्रकरणलाई धन्यवाद !’, उनले भनेकी छन् ।

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  १ : ५० बजे

सर्वदलीय बैठक: यस्तो छ ७ बुँदे संयुक्त वक्तव्य

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको

सुनसरीको देवानगन्ज क्षेत्रमा निषेधाज्ञा कायम

विराटनगर– सुनसरीको देवानगन्ज घटनाका विषयमा उत्पन्न विवादपछि जिल्ला प्रशासन कार्यालयले

नेपालमा बाघको सङ्ख्या ४२९ पुग्यो

काठमाडौँ– पछिल्लो गणनाअनुसार नेपालमा बाघको सङ्ख्या ४२९ पुगेको छ ।

गोकुलको टिप्पणी : प्रधानमन्त्री र गृहमन्त्री श्मशान जाग्ने बेला ब्युँझिएर फेसबुकमा झुल्किन्छन् 

काठमाडौं– नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले सुनसरीको देवानगञ्जमा भएको

श्रेष्ठलाई अन्तिम श्रद्धाञ्जली दिन सानेपा पुगे नेताहरू (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको शवमा