छोराले छुरा प्रहार गर्दा बुबाको मृत्यु « Khabarhub

छोराले छुरा प्रहार गर्दा बुबाको मृत्यु


७ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

धरान– सुनसरीको देवानगञ्ज गाउँपालिका-२ निवासी ६० वर्षीय सचिव अंसारीको आफ्नै छोराको छुरा प्रहारबाट मृत्यु भएको छ ।

बुधबार बिहान घरायसी जग्गासम्बन्धी विवादका क्रममा मृतकका छोरा मोहम्मद रियाज अंसारीले बुबाको छाती र ढाडमा छुरा प्रहार गरेका थिए । छुरा प्रहारबाट गम्भीर घाइते भएका अंसारीलाई उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल लगिएको थियो । 

निजको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाले जानकारी दिए। उनले छुरा प्रहार गर्ने मोहम्मदलाई नियन्त्रणमा लिई घटनासम्बन्धी थप अनुसन्धान भइरहेको बताए।

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  २ : ०० बजे

दक्षिणपूर्वी एसियामा ऊर्जा सङ्कटप्रति चिन्ता बढ्दै : सर्वेक्षण

सिङ्गापुर- दक्षिणपूर्वी एसियामा नवीकरणीय ऊर्जाको प्रयोग बढाउने र परम्परागत ऊर्जाको

खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता

कैलाली- कैलालीको खुटिया नदीमा नुहाउने क्रममा डुबेर धनगढीका एक किशोर

पदाधिकारीमा आउन कांग्रेस नेताहरूको रस्साकस्सी, को-को छन् दाबेदार ?

काठमाडौं- नेपाली कांग्रेसमा १५औं महाधिवेशनको तयारी धमाधम चलिरहेको छ ।

चाडबाड हुने ठगी नियन्त्रण गर्न कोशीका १० स्थानमा यात्रु सहायता कक्ष स्थापना

काठमाडौं– चाडवाडका बेला यात्रु तथा अन्य सर्वसाधारणमाथि हुने ठगी र