भोटखोलामा पहिरोले पाँच परिवार विस्थापित | Khabarhub Khabarhub

भोटखोलामा पहिरोले पाँच परिवार विस्थापित


७ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

खाँदबारी– सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ स्थित जिजिङ्गखा टोलमा मंगलबार राति आएको पहिरोले पाँच घर प्रभावित भएका छन् । पहिरोमा ढुङ्गामाटोसहितको ठूलो ढिस्को खस्दा एउटा घर पूर्णरूपमा क्षति भएको छभने एउटा घरमा आंशिक क्षति भएको हो ।

पहिरोले पाँच परिवार पूर्ण विस्थापित भएका गाउँपालिका अध्यक्ष वाङ्छेदर भोटेले जानकारी दिए। उनका अनुसार पहिरोले लिलाबहादुर श्रेष्ठ (सात जना सदस्य), लाप्साङ शेर्पा (चार जना), मुस्कान शेर्पा (पाँच जना), सुब्बा श्रेष्ठ (तीन जना) र रञ्जना श्रेष्ठको परिवार विस्थापित भएका छन् । 

अध्यक्ष भोटेका अनुसार रञ्जना श्रेष्ठको घर पूर्णरूपमा क्षतिग्रस्त भएको छ । पीडित परिवारलाई स्थानीय युवाको सक्रियता, स्याक्सिला गोला प्रहरी चौकी तथा अध्यक्ष भोटेको पहलमा सुरक्षित स्थानमा अस्थायी रूपमा सारिएको छ । 

हाल उनीहरूका लागि पुनःस्थापना प्रक्रिया सुरु गरिएको छ । थप क्षति हुन नदिन पहिरो प्रभावित क्षेत्रमा सतर्कता अपनाउन भोटखोला गाउँपालिकाले आह्वान गरेको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  २ : ३० बजे

डायस्पोरा जर्नालिज्म अवार्ड पोखरेललाई

काठमाडौं – पत्रका नवीन पोखरेल किताब जात्रा ‘डायस्पोरा जर्नालिज्म अवार्ड’

तीजले नेपाली समाजको सांस्कृतिक पहिचानलाई जोड्दै लगेको छ : ऊर्जामन्त्री खड्का

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपाली समाजको मौलिकता

कुलमानले भने- प्रवासी नेपालीहरू स्वदेश फर्कँदा विमानस्थलमा रातो कार्पेट बिच्छाउनु पर्छ

लिस्बन– युरोपको भ्रमणमा रहेका नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान

सकियो एक महिने गुँला पर्व (तस्बिरहरू)

काठमाडौं– एक महिना लामो गुँला पर्व आज सकिएको छ ।

उपराष्ट्रपति यादव र भियतनामकी उपराष्ट्रपति सुआनबीच भेटवार्ता

काठमाडौं – उपराष्ट्रपति रामसहायप्रसाद यादव र समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति