बलेरोले ठक्कर दिँदा एक जनाको मृत्यु « Khabarhub

बलेरोले ठक्कर दिँदा एक जनाको मृत्यु


७ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ धुलियाबिटमा बेलेरो गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएका छन् ।

सुर्खेत लेकबेशी नगरपालिकाको गुमीबाट सुर्खेततर्फ आउँदै क.प्र.०२००१ च.०९४४ न.को बलेरो गाडीले रोकी राखेको भे.१ क. १३४७ नंं को मिनिट्रकबाट घाँस झार्दै गरेको ३५ वर्षीया प्रेमबहादुर बुढाको मृत्यु भएको हो । 

बुढालाई ठक्कर दिएर घाइते भई उपचारको लागी कर्णाली प्रदेश अस्पताल कालागाँउ सुर्खेततर्फ उपचार लगेको उनको ११ः१० बजेको समयमा चिकित्सकले मृत्युको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता तथा सूचना अधिकारी मोहनजंग बुढथापाले बताए ।

त्यस्तै, ३३ वर्षीया तिलकुमारी बुढाको खुट्टामा चोट लागेको उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । 

गाडी चालक सुर्खेत जिल्ला लेकवेशी नगरपापालिका–६ का २१ वर्षीया यामलाल सुनार र गाडी नियन्त्रणमा लिएको घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  २ : ४३ बजे

उड्डयन सेवालाई सुरक्षित, स्तरीय, भरपर्दो र सर्वसुलभ बनाउन दुई विधेयक संसदमा दर्ता

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने दुई विधेयक प्रतिनिधिसभामा दर्ता

प्रधानमन्त्री शाहले डेढ महिनामा गरेका काम सार्वजनिक

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको मातहतमा पछिल्लो डेढ महिनामा भएका

भ्रष्टाचार मुद्दामा विकल पौडललाई २ वर्ष कैद, ८३ करोड बढी बिगो

काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचार

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग

दक्षिणपूर्वी एसियामा ऊर्जा सङ्कटप्रति चिन्ता बढ्दै : सर्वेक्षण

सिङ्गापुर- दक्षिणपूर्वी एसियामा नवीकरणीय ऊर्जाको प्रयोग बढाउने र परम्परागत ऊर्जाको