मदन भण्डारीकी छोरीको मार्मिक स्टाटस : नोटिसमा लिनु होला ! | Khabarhub Khabarhub

मदन भण्डारीकी छोरीको मार्मिक स्टाटस : नोटिसमा लिनु होला !


७ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको २०५० सालमा दासढुंगामा निधन हुँदा उनका दुबै छोरीहरु बालखै थिए । हाल एक छोरी उषाकिरण भने नेकपा एमालेको राजनीतिमा जोडिँदै आएकी छिन् ।

एमालेमा पछिल्लो समय देखिएको अन्तरविरोधमा उषाकिरण केपी शर्मा ओलीको विपक्षमा उभिएकी छिन् । अझ, मंगलबारको केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी प्रवेशमा रोक लगाएपछि उनी थप निराश देखिएकी छिन् ।

मदन भण्डारी फाउन्डेसनकी अध्यक्षसमेत रहेकी उषाकिरणले नेकपाका संस्थापक पुष्पलालको परिवारलाई स्मरण गर्दै भनेकी छन्, ‘नैतिक समर्थन पनि गर्न नसकिने तहसम्म पुर्‍याउने रहेछन् ।’

पछिल्लो साता मदन–विद्यापुत्री उषाकिरणले सामाजिक सञ्जालमा लेखेका केही स्टाटस पढौं–

तपाईंहरूमध्ये कतिजना यो निर्णयबाट छक्क पर्नुभएको देखेर म छक्क परें। तपाईंहरू मानव प्रकृतिलाई नहेरी कसरी बाँचिरहनुभएको छ ? निर्णय र निर्णयमा पुग्न गरिएका तिगडम दुवैबाट म चाहीँ अच्चमित छैन।

म खुसी छु कि यो खुलारूपमा बाहिर आयो। अनि, आज कमरेड पुष्पलालको स्मृति दिवस पनि रहेछ, कस्तो संयोग ! मलाई उहिले–उहिले लाग्थ्यो किन उहाँको परिवार cpn uml (एमाले) मा नैतिक समर्थन गर्न पनि देखिने गरी प्रस्तुत हुँदैन ? हामीलाई त आमाले राजनीति गर्न मन छैन भने पनि सधैं देखिने गरी पार्टीको समर्थनमा उभिनु, नैतिक समर्थन गर्नु, टाढा नजानु भन्नुहुन्छ र सोही अनुरुप कोशिश गरियो।

तर, विगतको एक महिनादेखि मलाई ज्ञान भयो, नैतिक समर्थन पनि गर्न नसकिने तहसम्म पनि पुर्याउनेरहेछन्। र नैतिक समर्थन खोज्दैनन् पनि।

ज्ञानको बोझ आज यहाँ बिसाउने मौका यो प्रकरणले दियो- त्यस कारण यो प्रकरणलाई धन्यवाद !

०००

पछिल्ला १० दिनमा दुई अन्तर्वार्ताहरू प्रसारित भए र दुवैलाई राम्रो संख्यामा views प्राप्त भए। अनि कमरेडहरू अन्तर्वार्ता कति अद्भुत थियो भनेर ढोल बजाउन व्यस्त छन्। तर कसैले पनि यसबारे छलफल गरिरहेको छैन ।

उनले (विद्याले) भनिन्: मैले शीर्षनेतासँग कुरा गरेको थिएँ र मेरो निर्णयका बारेमा छलफल गरेको थिएँ।

उनले (ओलीले) भने : उनले मसँग कुरा गरेकी छैनन्।अनि उनले थप भने, उनलाई पार्टी संगठनको कुनै अनुभव छैन।

दुवैजना सही हुन सक्दैनन्। कोही एकजनाले त truth लाई manipulation गरेको हो।

interview review गर्ने र निष्ठावान देखिने रहर छ भने मसिनो गरि कुराको गहिराइ सम्म पुग्नुहोस् नत्र चुप बस्नुस्।

०००

उहाँले भन्नुभएपछि मलाई पनि भन्न सजिलो भयो। फाउण्डेशनले जन्मजयन्तीको योजना बनाउँदै र हिरक जयन्ती समिति गठन गर्दै गर्दा फाउन्डेसनले एमाले नेतृत्व विरुद्ध षड्यन्त्र गरिरहेको छ भन्ने कथन स्थापित गर्न खोजे र यसपालिको जन्मजयन्ती र हिरक जयन्ती कमिटी बनाउने प्रकृयालाई तेजबोध गर्ने प्रयास गरे।

एमालेको तर्फबाट नोटिसमा लिनेहरू भन्नुहुन्छ कि फाउन्डेसनलाई नेकपा एमाले र नेतृत्वलाई हानि पुर्‍याउन प्रयोग गरिएको छ, जबकि माओवादी पार्टीसँग पार्टी एकता गर्दा जबजलाई अलग राख्न उहाँहरु तयार हुनुभएको कुरा इतिहासमा नोटिस् भइसक्यो।

मलाई आश्चर्य छ कि उहाँहरू बाघको मुखमा पाठो बन्न किन सहमत भएको ? अनि त्यसपछि एमालेमा हमला भइरहेको छ भनेर आफूलाई बाहेक अरू सबैलाई दोषी देखेको !

तर हृदयविदारक कुरा के हो भने यो नेतृत्वले नै फाउन्डेसन बनाएको हो र हामीलाई हस्तान्तरण गर्दा यसलाई राम्रोसँग जबजका अनुसार काम गर्न गाइड र निर्देशन गरेको हो। अहिलेचाहीँ हिरक जयन्ती मार्फत् जबज छलफललाई अझ वृहत् बनाउने भन्ने कुरामा पनि सशंकित !!!

०००

Criminal offense बाहेक पक्ष विपक्षका सवाल, सहमति असहमतिका राय सही वा गलत भन्ने कुरा व्यक्तिगत र समाजको सामयिक चेतनामा भरपर्छ। बोली,बचन, संयमता र व्यवहार-आचारको मापदण्ड र judgement सर्वकालिक हुन्छ। यो पनि नोटिसमा लिनुहोला।

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  ३ : ०८ बजे

साउनमा एक खर्ब ४३ अर्बको आयात, २३ अर्बको निर्यात

काठमाडौं– चालु आर्थिक वर्षको पहिलो महिनामा रु एक खर्ब ६६

स्थानीय निकायबाट आधारभूत स्वास्थ्य सेवा प्रवाह हुँदै

मोरङ– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आगामी असोज मसान्तसम्ममा स्थानीय

लिपुलेक नाका सम्बन्धी भारत–चीन सहमतिको विरोध (तस्बिरहरू)

काठमाडौं– संयुक्त विद्यार्थी संगठनले भारत र चीनबीच हालै भएको लिपुलेक

वर्षौँपछि पाकिस्तानका परराष्ट्रमन्त्रीको बंगलादेश भ्रमण

ढाका- पाकिस्तानका परराष्ट्रमन्त्री इसहाक डार शनिबार बंगलादेशको भ्रमणमा गएका छन्

‘स्क्रब टाइफस’बाट एक जनाको मृत्यु

चितवन– स्क्रब टाइफसबाट शनिबार यहाँ एक महिलाको मृत्यु भएको छ