पेट्रोलियम पदार्थ आयातबाट ८० अर्ब ९२ करोड राजस्व संकलन « Khabarhub

पेट्रोलियम पदार्थ आयातबाट ८० अर्ब ९२ करोड राजस्व संकलन


७ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै गत आर्थिक वर्षमा एक खर्ब ९१ अर्ब ८८ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।  डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयात भएको हो । समग्रमा आव २०८० र ८१ को तुलनामा गत आवभरिमा यो नाका हुँदै मूल्यको आधारमा पेट्रोलियम पदार्थको आयात रु एक अर्ब ९४ करोडले घटेको छ ।

सो अवधिमा मूल्यको आधारमा पेट्रोलियम पदार्थको आयात घटेपनि सोबाट प्राप्त हुने राजस्व भने १० दशमलव २३ प्रतिशत अर्थात् सात अर्ब ५१ करोडले बढेको छ । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले कार्यालयले गत आवभरिमा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट प्राप्त गरेको बताए। 

‘यहाँको भन्सारको राजस्व पेट्रोलियम पदार्थको आयात र  सवारीसाधनको आयातमा निर्भर रहेको छ’, उनले भने । 

गत आवभरिमा पाँच थरिका पेट्रोलियम पदार्थको आयातबाट कार्यालयले रु ८० अर्ब ९२ करोड रकम राजस्व संकलन गरेको छ । जबकी अघिल्लो आव २०८०-८१ मा पाँचै थरिका पेट्रोलियम पदार्थको आयातबाट रु ७३ अर्ब ४० करोड राजस्व संकलन थियो । 

कार्यालयका अनुसार गत आवभरिमा ९९ अर्ब ९५ करोड मूल्य पर्ने ११ लाख ४९ हजार ५२१ किलोलिटर डिजेल आयात भएको छ । अघिल्लो आवको सोही अवधिमा एक खर्ब पाँच अर्ब ८७ करोड मूल्यको १० लाख ५५ हजार १६० किलोलिटर डिजेलको आयात भएको थियो । 

कार्यालयले गत आवभरिमा डिजेल आयातबापत कार्यालयले रु ४५ अर्ब ७२ करोड राजस्व सङ्कलन गरेको छ भने अघिल्लो आवको सोही अवधिमा भने रु ४२ अर्ब ३६ करोड राजस्व संकलन गरेको थियो ।

त्यस्तै गत आवभरिमा ३८ अर्ब ७२ करोड मूल्य पर्ने चार लाख ५३ हजार ८६४ किलोलिटर पेट्रोल आयात भएको छ । जबकी अघिल्लो आवको सोही अवधिमा भने ३९ अर्ब दुई करोड मूल्य पर्ने तीन लाख ९४ हजार ७२३ किलोलिटर पेट्रोल आयात भएको थियो । कार्यालयले गत आवभरिमा पेट्रोल आयातबाट २५ अर्ब ६६ करोड राजस्व संकलन गरेको छ । जबकी अघिल्लो आवमा भने पेट्रोलबाट २२ अर्ब ६२ करोड राजस्व संकलन भएको थियो ।

यो नाका हुँदै गत आवमा रु ३६ अर्ब ३७ करोड मूल्य पर्ने ३१ करोड ८९ लाख २४ हजार ६८४ किलोग्राम एलपिजी ग्यास आयात भएको छ । जबकी अघिल्लो आवको सोही अवधिमा भने रु ३० अर्ब मूल्य पर्ने २७ करोड ९० लाख ४८ हजार ८७८ किलोग्राम एलपिजी ग्यास आयात भएको छ । कार्यालयले गत आवमा एलपिजीबाट छ अर्ब ८१ करोड र अघिल्लो आवभरिमा भने रु पाँच अर्ब ६० करोड राजस्व संकलन गरेको थियो । 

यो नाका हुँदै गत आवमा रु १६ अर्ब १४ करोड मूल्य पर्ने एक लाख ८० हजार ६६३ किलोलिटर एटिएफ आयात भएको छ । जबकी अघिल्लो आवमा भने रु १८ अर्ब २१ करोड मूल्य पर्ने एक लाख ७३ हजार ४८४ किलोलिटर एटिएफ आयात भएको छ । कार्यालयले गत आवमा एटिएफ आयातबाट रु दुई अर्ब ५३ करोड र अघिल्लो आवमा भने दुई अर्ब ६४ करोड राजस्व संकलन गरेको थियो । 

यो नाका हुँदै गत आवमा रु ६९ करोड मूल्य पर्ने सात हजार ९३० किलोलिटर मट्टितेल आयात भएको छ ।

 जबकी अघिल्लो आवको सोही अवधिमा भने ७१ करोड मूल्य पर्ने छ हजार ८२० किलोलिटर मट्टितेल आयात भएको थियो । गत आवमा मट्टितेल आयातबाट २० करोड राजस्व प्राप्त भयो भने अघिल्लो आवमा भने रु १८ करोड राजस्व संकलन भएको थियो । 

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  २ : ५६ बजे

भृकुटीमण्डपमा फुड एण्ड बेभरेज एण्ड हस्पिटालिटी एक्स्पो (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा खाद्य तथा पेय पदार्थ र आतिथ्य क्षेत्रका

सडक विस्तारको मौका छोपेर घरभाडा वृद्धि नगर्न अनुरोध

वीरगञ्ज– वीरगञ्ज महानगरले सडक विस्तारका क्रममा यहाँको मुख्य सडकको भवन

सुकुम्बासी र हुकुमबासी सरकारले पहिचान गरोस् : हरि रोका

काठमाडौं- सरकारले सहरका सुकुम्बासी व्यवस्थापन गर्न लागेको चर्चा छ ।

प्रधानमन्त्रीलाई द्वन्द्वपीडितको खुलापत्र

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहलाई द्वन्द्वपीडित समुदायले  खुला आह्वान पत्रमार्फत सङ्क्रमणकालीन

दुर्गम सिलीचोङलाई एम्बुलेन्स हस्तान्तरण

काठमाडौं– दुर्गम भूगोल र कमजोर यातायात पहुँच रहेको संखुवासभाको सिलीचोङ गाउँपालिकालाई