अक्षय कुमार र सैफ अली १६ वर्षपछि ‘हैवान’ फिल्ममा एकसाथ  « Khabarhub

अक्षय कुमार र सैफ अली १६ वर्षपछि ‘हैवान’ फिल्ममा एकसाथ 


७ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्देशक प्रियदर्शनले आफ्नो नयाँ बलिउड फिल्म  ‘हैवान’ को औपचारिक घोषणा गर्दै दर्शकहरूलाई सरप्राइज दिएका छन्। 

उनले यो फिल्ममा अभिनेता अक्षय कुमार र सैफ अली खानलाई पुनः एकसाथ पर्दामा ल्याउने जानकारी दिएका हुन्। मंगलबार अक्षय र सैफको तस्बिर साझा गर्दै प्रियदर्शनले इन्स्टाग्राममार्फत फिल्मको घोषणा गरेका थिए ।

 यद्यपि  ‘हैवान’ को कथावस्तु अहिले गोप्य राखिएको छ, तर फिल्मको स्टारकास्टकै कारण यो परियोजना पहिले नै चर्चाको शिखरमा छ।

अभिनेता अक्षय कुमार र सैफ अली खानको जोडी बलिउडमा निकै सफल छ। उनीहरूले अघिल्लो दशकमा  ‘मैं खिलाडी तू अनारी’, ‘ये दिल्लगी’, ‘तू चोर मैं सिपाही’, ‘आरजु  किमत’ जस्ता हिट फिल्महरूमा एकसाथ काम गरिसकेका छन् । उनीहरू अन्तिमपटक सन् २००८ को फिल्म ‘टशन’ मा देखिएका थिए। 

अभिनेता अक्षय कुमार हाल प्रियदर्शनकै अन्य दुई फिल्म ‘भूत बंगला’ र बहुप्रतीक्षित ‘हेरा फेरी – ३’ मा पनि काम गर्दै छन् । यता अभिनेता सैफ नेटफ्लिक्सको ‘ज्वेल थिप’ लगायत ‘आदिपुरुष’ र ‘देवरास् पार्ट १’ मा देखिइसकेका छन्।

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  ४ : ०१ बजे

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी