अक्षय कुमार र सैफ अली १६ वर्षपछि 'हैवान' फिल्ममा एकसाथ  | Khabarhub Khabarhub

अक्षय कुमार र सैफ अली १६ वर्षपछि ‘हैवान’ फिल्ममा एकसाथ 


७ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्देशक प्रियदर्शनले आफ्नो नयाँ बलिउड फिल्म  ‘हैवान’ को औपचारिक घोषणा गर्दै दर्शकहरूलाई सरप्राइज दिएका छन्। 

उनले यो फिल्ममा अभिनेता अक्षय कुमार र सैफ अली खानलाई पुनः एकसाथ पर्दामा ल्याउने जानकारी दिएका हुन्। मंगलबार अक्षय र सैफको तस्बिर साझा गर्दै प्रियदर्शनले इन्स्टाग्राममार्फत फिल्मको घोषणा गरेका थिए ।

 यद्यपि  ‘हैवान’ को कथावस्तु अहिले गोप्य राखिएको छ, तर फिल्मको स्टारकास्टकै कारण यो परियोजना पहिले नै चर्चाको शिखरमा छ।

अभिनेता अक्षय कुमार र सैफ अली खानको जोडी बलिउडमा निकै सफल छ। उनीहरूले अघिल्लो दशकमा  ‘मैं खिलाडी तू अनारी’, ‘ये दिल्लगी’, ‘तू चोर मैं सिपाही’, ‘आरजु  किमत’ जस्ता हिट फिल्महरूमा एकसाथ काम गरिसकेका छन् । उनीहरू अन्तिमपटक सन् २००८ को फिल्म ‘टशन’ मा देखिएका थिए। 

अभिनेता अक्षय कुमार हाल प्रियदर्शनकै अन्य दुई फिल्म ‘भूत बंगला’ र बहुप्रतीक्षित ‘हेरा फेरी – ३’ मा पनि काम गर्दै छन् । यता अभिनेता सैफ नेटफ्लिक्सको ‘ज्वेल थिप’ लगायत ‘आदिपुरुष’ र ‘देवरास् पार्ट १’ मा देखिइसकेका छन्।

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  ४ : ०१ बजे

इंग्ल्यान्डविरुद्धको टेस्टः स्टोक्सको घातक बलिङले भारत दबाबमा

काठमाडौं – इंग्ल्यान्डविरुद्धको टेस्ट क्रिकेटमा भारत दबाबमा परेको छ। इङ्गल्यान्डका

फ्रान्सले प्यालेस्टाइनी राज्यलाई औपचारिक मान्यता दिने

फ्रान्स – फ्रान्सले औपचारिक रूपमा प्यालेस्टाइनी राज्यलाई स्वीकार गर्ने भएको

भिजिट भिसामा कुवेत हिँडेका ४७ महिला भारतबाट फर्काइए

काठमाडौं – भारतको राजधानी नयाँ दिल्लीस्थित अन्तरराष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल साउन ९ गते शुक्रबार। साउन