संसद्‍मा प्रधानमन्त्रीको जवाफ- भ्रष्टाचार गर्न दिन्न, आरोप लगाएकै भरमा कारबाही हुँदैन « Khabarhub

संसद्‍मा प्रधानमन्त्रीको जवाफ- भ्रष्टाचार गर्न दिन्न, आरोप लगाएकै भरमा कारबाही हुँदैन


७ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको वर्तमान सरकार एकता–सहकार्य–प्रतिस्पर्धा र सहअस्तित्वमा आधारित रहेको बताएका छन् ।  

बुधबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुको प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री ओलीले बिथोलिएको राजनीतिलाई २०७२ सालमा लयमा फर्काइएको उल्लेख गर्दै अहिले काँग्रेस–एमालेको योजनामा, अन्य दलहरूकोसमेत सहभागितामा निर्मित वर्तमान सरकार एकता–सहकार्य–प्रतिस्पर्धा र सहअस्तित्वमा आधारित रहेको बताएका हुन् ।

उनले वर्तमान सरकार राष्ट्रमा देखिएका चुनौती सामना गर्दै अघि बढेको जिकिर गरे । देशमा स्थिरता र स्थायित्व कायम गर्न र स्थिरता र स्थायित्व सरकारसँग नभई देशमा सुशासन र तीव्र आर्थिक विकासमा सदुपयोग गर्ने नीतिका साथ सरकारअघि बढिरहेको उनले बताए ।

उनले सरकारले मधेश प्रदेशका आठ वटै जिल्ला विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको र तराईमा सम्पूर्ण शक्ति परिचालन गर्ने स्पष्ट पारे । 

त्यस्तै प्रधानमन्त्री ओलीले भ्रष्टाचार गर्दिनँ र गर्न दिन्न भन्ने अठोटमा आफू स्पष्ट रहेको भन्दै तथ्यका आधारमा आएका गम्भीर प्रकारका भ्रष्टाचारमा संलग्नलाई कारबाही हुने बताए । 

उनले कसैले आरोप लगाएकै आधारमा भने कारबाही नहुने जवाफ दिए । त्यस्तै उनले भूमि समस्या समाधान आयोगको गठन भई उक्त आयोग मार्फत भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बोसवासीहरूको व्यवस्थापन गर्ने संवैधानिक दायित्व कार्यान्वयनमा ल्याइएको बताए ।  

भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक संसदमा विचाराधीन रहेको र चालु आर्थिक वर्षमै भूमिसम्बन्धी एकीकृत ऐन तर्जुमा हुने उनको भनाइ छ । उनले युवाहरूलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नु सरकारको प्राथमिकता रहेको बताए ।

सरकारले विसं. २०८२ देखि २०९२ लाई आन्तरिक रोजगार प्रवर्द्धन दशक घोषणा गरेको पनि उनले स्पष्ट गरे ।

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  ४ : १० बजे

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको

वीरगञ्ज नाका हुँदै पाँच महिनामा तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा

शीतलहरले बाढीपीडित परिवार समस्यामा

कञ्चनपुर– शीतलहरका कारण कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १२ बन्तरिया शिविरका बाढीपीडित