अर्थसंक्षेप : यामाहा मोटरसाइकल किनेका ग्राहकलाई सास्ती, तीन लाख ९३ हजार क्षतिपूर्ति, रेजर ब्लेडको अनौठो व्यापार र ५ अंकले बढ्यो नेप्से  | Khabarhub Khabarhub

अर्थसंक्षेप : यामाहा मोटरसाइकल किनेका ग्राहकलाई सास्ती, तीन लाख ९३ हजार क्षतिपूर्ति, रेजर ब्लेडको अनौठो व्यापार र ५ अंकले बढ्यो नेप्से 


७ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


747
Shares
  • change font
  • change font
  • change font

गड्डाचौकी भन्सारबाट निर्यात शून्य

कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीबाट निर्यात शून्य रहेको छ । कोरोना महामारी अघिसम्म न्यून मात्रामा भए पनि यहाँबाट घ्यू र हातले बनाएका सामग्री निर्यात हुने गरेको थियो ।

पछिल्ला वर्षमा यो नाका भएर निर्यात हुन छाडेको कञ्चनपुर भन्सार कार्यालयका प्रमुख राजनबाबु काफ्लेले जानकारी दिए ।

शारदा ब्यारेजमा १० टनभन्दा बढीको मालबाहक सवारीसाधन आवतजावत गर्न नदिनु, सीमित समयका लागि पुल खोल्नुलगायत कारणले लक्ष्यअनुसारको राजस्व संकलन गर्न नसकेको भन्सार कार्यालयमा निर्यात शून्य रहेको उनले बताए।

‘कोरोना अघिसम्म थोरै भए पनि निर्यात हुन्थ्यो, अहिले नगन्य मात्रामा छ, शून्य जस्तै छ’, उनले भने। प्रमुख काफ्लेले यो नाका सानो भएका कारण आयातबाट समेत लक्ष्यअनुसारको राजस्व संकलन हुन सकेको छैन ।

उनले आर्थिक वर्ष २०८१-८२ मा लक्ष्यको ८० प्रतिशत मात्रै राजस्व संकलन हुन सकेको बताए।

जनकपुरधाममा सात वर्षपछि आन्तरिक लक्ष्यभन्दा बढी राजस्व

माडर भन्सारमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

कसले गर्‍यो रेजर ब्लेडको अनौठो व्यापार ?

नेपाल अधिकांश वस्तु आयात गरेर निर्वाह हुँदै आएको देश हो । यद्यपि; कतिपय कच्चापदार्थ र आंशिक प्रशोधन गरेर नेपालबाट पनि वस्तु निर्यात हुने गरेको छ ।

तर, भन्सार विभागको तथ्याङ्कले गत आर्थिक वर्षमा नेपालबाट भएको कतिपय वैदेशिक व्यापार भने अति शङ्कास्पद र अचम्भित पार्ने खालको देखिएको छ । नेपाललाई ट्रान्जिट बनाएर गरिएको रेजर ब्लेड (दाह्रीकपाल लगायत रौँ खुर्कने पत्ती) को व्यापार अनौठो देखिएको हो ।

गत आर्थिक वर्षमा नेपालमा दुई अर्ब २५ करोड चार लाख ८९ हजार रुपैयाँ बराबरको चार करोड दुई लाख ५६ हजार ८९२ पिस सेफ्टी रेजर ब्लेड र यसलाई च्याप्ने स्ट्रिप्स आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । जसको मूल्यप्रति गोटा ५५ रुपैयाँ ९० पैसा परेको देखिन्छ ।

सो रेजर आयात गर्दा सरकारले गत आर्थिक वर्षमा ६८ करोड ४९ लाख रुपैयाँ भन्सार राजस्व आम्दानी गर्‍यो ।

एनसेल सधैँ अन रिन्युअल : विद्यार्थीलाई अनलिमिटेड फेसबुक, टिकटक र युट्युब पनि

आज १० अर्ब बराबरको ‘विकास ऋणपत्र’ बिक्री गरिँदै

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज (बुधबार) १० अर्ब बराबरको ‘विकास ऋणपत्र– २०८५’ बिक्री गर्ने भएको छ । तीन वर्षे अवधिको सो ऋणपत्र बोलकबोल प्रक्रियाका माध्यमबाट बिक्री गर्न लागिएको हो । सो ऋणपत्रको नेपाल स्टक एक्सचेञ्जमा दोस्रो बजार कारोबार हुनेछ ।

यो ऋणपत्र धितो राखी कर्जा लिन वा दिन समेत पाइनेछ । आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म उक्त ऋणपत्रको बोलकबोल हुनेछ ।

अर्धवार्षिक रुपमा ब्याज भुक्तानी गरिने र आयकर समेत लाग्ने ऋणपत्रको साँवा भुक्तानी भने २०८५ साउन ८ गते हुने सो कार्यालयले जनाएको छ ।

इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीका रुपमा सहभागी हुन सक्नेछन् । प्रतिस्पर्धी वा अप्रतिस्पर्धी बोलदातालाई क्रमशः ८५ र १५ प्रतिशत अर्थात आठ अर्ब ५० करोड र एक अर्ब ५० करोड छुट्याइएको छ ।

अप्रतिस्पर्धी बोलदातालाई छुट्याइएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलदातालाई बिक्री गरिने छ ।

अप्रतिस्पर्धी बोलदातालाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलदातालाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँट गरिनेछ । सरकारले चालु आर्थिक वर्षमा तीन खर्ब ६२ अर्ब बराबरको आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ ।

साढे १९ अर्बको कारोबार सहित ५ अंकले बढ्यो नेप्से 

सीजीले ल्यायो प्रि–अटोशो अफर : एक्सपेङ किन्दा ८ लाखसम्म बचत

यामाहा मोटरसाइकल किनेका ग्राहकलाई सास्ती, तीन लाख ९३ हजार क्षतिपूर्ति

नुवाकोटको विदुर नगरपालिका-१३ का नानीकाजी खड्काले २०८१ असोज १८ गते यामाहा कम्पनीको एफजेड-एक्स बीएससिक्स मोडेलको मोटरसाइकल किने ।

मोटरसाइकल खरिद गरेबापत खड्काले काठमाडौँको जमलमा मुख्य कार्यालय रहेको जीआरएस टु ह्वीलर्स अटो प्रालिलाई तीन लाख १५ हजार रुपैयाँ बुझाएका थिए । कम्पनीले खड्कालाई मोटरसाइकल नयाँ लटकै भएको विश्वास दिलाएको थियो ।

पाटपुर्जामा १८ महिने वारेन्टी दिने आश्वासन पाएका खड्काले जब मोटरसाइकल चढ्न थाले, उनलाई मोटरसाइकलमा भन्दा बढी अनेक सास्तीको चक्कर लगाउनुपर्‍यो ।

बिक्रेता आरएस टु ह्वीलर्स अटो प्रा।लि।ले खड्कालाई रकम भुक्तान गरेपश्चात मूल्य अभिवृद्धि कर (भ्याट) र प्यान बिलसमेत दिएन, चलान पुर्जीमै टारिदियो । खरिद बिल र सवारी दर्ता प्रमाणपत्र पछि दिने भन्यो ।

शतप्रतिशत अनुदानमा प्राविधिक शिक्षा दिँदै ‘पौवादुङमा’

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  ७ : ०२ बजे

चितवनमा गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

चितवन – पूर्व पश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका-३ शान्ति चोकमा सागसब्जी

‘सन अफ सरदार २’ मा सञ्जय दत्तको स्थानमा रवि किशन, कारण

काठमाडौं – बलिउड अभिनेता अजय देवगनको मुख्य भूमिका रहेको बहुप्रतीक्षित

मनसुन प्रतिकूल : धान उत्पादन घट्ने चिन्ता

काठमाडौं – नेपालको अन्न भण्डारका रूपमा चिनिने मधेस प्रदेशलगायतका क्षेत्रमा

प्रतिनिधिसभा बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौं – सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक शुक्रबार दिउँसो १ बजे

प्रधानमन्त्री आज महोत्तरी र बारा जाँदै

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार विभिन्न कार्यक्रमका लागि