पुष्पलालको विचारलाई व्यवहारमा उतार्न आवश्यक : मुख्यमन्त्री कँडेल « Khabarhub

पुष्पलालको विचारलाई व्यवहारमा उतार्न आवश्यक : मुख्यमन्त्री कँडेल


७ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् नेकपा (एमाले)का स्थायी कमिटी सदस्य यामलाल कँडेलले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलाल श्रेष्ठको विचारलाई व्यवहारमा उतार्न सक्दा मात्र राष्ट्रको दीर्घकालीन हितमा काम गर्न सकिने बताएका छन् ।

नेकपा (एमाले) जिल्ला कमिटी सुर्खेतले वीरेन्द्रनगरमा आयोजना गरेको ४७औँ पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले पुष्पलालको योगदान प्रति श्रद्धा व्यक्त गर्दै देशप्रेम, समाजवाद र समानताको पक्षमा उहाँले देखाएको मार्ग आज पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गरे ।

‘कमरेड पुष्पलालले व्यक्तिगत लाभभन्दा राष्ट्र र जनताको हितलाई प्राथमिकता दिएका थिए,’ उनले भने, ‘त्यो सोच आजको नेतृत्व र नयाँ पुस्ताले आत्मसात् गर्नुपर्छ ।’ 

पुष्पलालको सिद्धान्त, संगठन निर्माण र संघर्षको शैलीबाट अहिलेको नेतृत्वले धेरै सिक्नुपर्ने आवश्यकता रहेको उनले बताए ।

 ‘पुष्पलालले कठोर परिस्थितिमा पनि समाजवाद, समानता र न्यायको पक्षमा अडिग रही कम्युनिस्ट आन्दोलनलाई संस्थागत गरेको छ,’ उनले भने, ‘उत्पीडित वर्गको पक्षमा बुलन्द आवाज उठाउन पुष्पलालले देखाएको साहसिक बाटोलाई पछ्याउनु पर्छ ।’

उहाँले शिक्षालाई जनचेतनाको मूल आधार ठानेको र  कम्युनिस्ट घोषणापत्रको नेपाली अनुवाद गरेर विचारलाई आम जनतासम्म पुर्‍याएको जुन कार्य आज पनि हामीलाई प्रेरणा दिएको उनले बताए । 

पुष्पलालले जेल, निर्वासन र पीडासमेत सहँदै देशको परिवर्तनका लागि जीवन समर्पण गरेको उनले बताए । ‘आज हामीले पनि आदर्श मात्र होइन, व्यवहारमा लागू हुने नीति रोज्नुपर्छ,’ उनले भने ।

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  ७ : ५७ बजे

‘गौैँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड

काठमाडौँ–  ‘वल्र्ड फिल्म फेस्टिभल इन क्यान्स’ मा नेपाली कथानक चलचित्र

निर्वाचनपछि इरानमा आक्रमणको तयारी गर्दै अमेरिका, सतर्क रहन खाडी मुलुकलाई चेतावनी

काठमाडौँ- अमेरिकाले खाडी क्षेत्रका मुलुकहरूलाई आफ्नो मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य

नेपाल प्रिमियर लिग : पोखरा र सुदूरपश्चिम मैदानमा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे

 काठमाडौँ – लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी

सरकारी वेबसाइटमा सुरक्षित एसएसएल/टीएलएस प्रमाणपत्र अनिवार्य

काठमाडौँ- सरकारले सबै सरकारी निकायका आधिकारिक वेबसाइटमा वैध एसएसएल/टीएलएस प्रमाणपत्र जडान