किसान सञ्जालद्वारा १२ बुँदे घोषणापत्र जारी « Khabarhub

किसान सञ्जालद्वारा १२ बुँदे घोषणापत्र जारी


७ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय युवा किसान सञ्जाल नेपालले १२ बुँदे ‘युवा किसान घोषणापत्र २०८२’ जारी गरेको छ ।

यही साउन ५ गतेदेखि ७ गतेसम्म काठमाडौँमा सञ्चालन गरिएको ‘प्रथम राष्ट्रिय युवा किसान मञ्चः युवा किसान क्याम्प’ले आज सो घोषणापत्र जारी गरेको हो ।

पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको घोषणापत्रमा कृषि पेसालाई व्यवसायीकरण, वैज्ञानिकीकरण, सहकारीकरण र औद्योगिकीकरणमार्फत कृषि क्षेत्रको समग्र विकास, किसानको हकहित र अधिकारीको सुनिश्चिततालगायत विषय समेटिएको छ ।

घोषणापत्रमा किसानको शोषण गर्ने नवउदारवादी नीति, किसानविरुद्धका बहुराष्ट्रिय नियमहरु र कृषि क्षेत्रमा भएको वैदेशिक हस्तक्षेपको विरोध, किसानको एकता र अग्रगमनका पक्षमा दृढ प्रतिबद्धतालगायत विषय पनि समेटिएका पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

कीर्तिपुरमा सम्पन्न उक्त क्याम्पमा सातवटै प्रदेशका युवा किसानको सहभागिता थियो ।

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  ८ : ३८ बजे

एभरेष्ट चिनी उद्योगमा उखु क्रसिङ सुरु

महोत्तरी– महोत्तरीको गौशाला–१ रामनगरस्थित एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजले उखु

कक्षा १२ को परीक्षा आवेदन फाराम खुला

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने कक्षा १२

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको