मानव अधिकारको हरेक सवालमा आयोग संवेदनशील हुनुपर्छ : प्रदेश प्रमुख देवकोटा « Khabarhub

मानव अधिकारको हरेक सवालमा आयोग संवेदनशील हुनुपर्छ : प्रदेश प्रमुख देवकोटा


७ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

बागमती – बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मानव अधिकारको हरेक सवालमा राष्ट्रिय मानव अधिकार आयोग संवेदनशील हुनुपर्ने बताएका छन् ।

राष्ट्रिय मानव अधिकार आयोगको गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन बुझ्नुहुँदै प्रदेश प्रमुख देवकोटाले पछिल्लो समय देशका विभिन्न भागमा मानव अधिकार उल्लङ्घनका घटना बढ्दै गएकाले मानव अधिकारको हरेक सवालमा आयोग संवेदनशील हुनुपर्ने बताए ।

समाजमा अझै विकृति, विसङ्गति, विभेद कायम रहेकाले मानव अधिकारको सवाल चुनौतीपूर्ण बनेको उल्लेख गर्दै उनले विभिन्न समस्याका बाबजुद आयोगले मानव अधिकारको सवालमा खेल्दै आएको भूमिकाको प्रशंसा गरे । उनले आयोगका समस्या र बाधा हटाउन आफूले सरकारसँग समन्वय गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेशका प्रमुख पवनकुमार भट्टले प्रदेश प्रमुख देवकोटासमक्ष वार्षिक प्रतिवेदन बुझाए । संविधानको धारा २९४ को उपधारा (३) मा संवैधानिक निकायले प्रत्येक प्रदेशको काम कारबाहीको सम्बन्धमा छुट्टाछुट्टै प्रतिवेदन तयार गरी प्रदेश प्रमुखसमक्ष प्रतिवेदन पेस गर्नुपर्ने व्यवस्थाअनुसार प्रदेश प्रमुखसमक्ष आव २०८१/८२ को प्रतिवेदन बुझाएको प्रमुख भट्टले बताए ।

प्रमुख भट्टका अनुसार आयोगको बागमती प्रदेश कार्यालयमा आव २०८१/८२ मा मानव अधिकार हननका २२ वटा उजुरी दर्ता भएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  ८ : ४७ बजे

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै

ब्राजिलमा लुला र बोल्सोनारोबीच प्रतिस्पर्धा हुने राष्ट्रपतीय चुनावका लागि मतदान

काठमाडौं – ब्राजिलका जनता आइतबार राष्ट्रपति चयनका लागि भएको चुनावमा

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशन

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति