इक्वेडरमा कैदीको झडप : १४ जनाको मृत्यु | Khabarhub Khabarhub

इक्वेडरमा कैदीको झडप : १४ जनाको मृत्यु


७ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

क्विटो – इक्वेडरमा कैदीहरूबीच भएको झडपमा बन्दुक र विस्फोटक पदार्थको प्रयोग हुँदा कम्तीमा १३ कैदी र एक गार्डको मृत्यु भएको छ।

कुनै समय शान्तिपूर्ण मानिने देशमा अहिले अमेरिकी लागुऔषध व्यापारका लागि हुने चलखेलका कारण बढेका हिंसात्मक गतिविधिमा संलग्नको गिरोहले जेल भरिएको र भीडभाडयुक्त जेलमा भएको यो रक्तपातको श्रृङ्खलाको पछिल्लो घटना होे।

कमाण्डर कर्णेल विलियम क्याले इक्वेभिसा च्यानलसँग भन्नुभयो, “प्रतिद्वन्द्वी गिरोहहरूबीचको झडपमा १४ कैँदीको मृत्यु भएको, कैयौँ कैदीहरू भागेका र १४ जना घाइते भएका छन्।”

तेह्र कैदीहरूलाई पुनः पक्राउ गरिएको छ।

कर्नेल क्यालेले भने, “पेरुको सीमा नजिकै दक्षिणपश्चिम इक्वेडरको माचालाको जेलको एक भागमा बिहान सबेरै गोली चलेको र तत्काल जेल गार्ड र प्रहरी घटनास्थलमा पुगेको थियो।”

सुरक्षाकर्मीका एक पथप्रदर्शकलाई जेलमा छिर्ने क्रममा गोली हानी मारिएको थियो भने केहीलाई बन्धक बनाइएको अधिकारीले बताए।

क्यालेले भने, “कैदीहरूले बन्दुक चलाएको र बम, ग्रिनेडको प्रयोग गरी भएको भिडन्त लगभग ४० मिनेट चलेको थियो।”

मारिएका कैदी प्रतिद्वन्द्वी लस चोनेरोस र लस लोबोस गिरोहका थिए। उनीहरू इक्वेडरको सबैभन्दा ठूलो लागुऔषध ओसारपसार समूहहरू मध्ये दुई हुन्।

प्रहरीले यो हिंसा ‘गिरोहहरू बीचको झगडा’ को परिणाम भएको बताएको छ। प्रहरीले जेलको क्षमता त्यहाँ राखिएका कैदीहरूको सङ्ख्याको दोब्बर सङ्ख्याका लागि प्रयाप्त थियो।

सङ्गठित अपराधले करिब १७ करोड जनसङ्ख्या भएको इक्वेडरलाई संसारकै सबैभन्दा हिंस्रक राष्ट्रमा परिणत गरेको छ।

आन्तरिक सशस्त्र द्वन्द्व

विश्वका दुई शीर्ष कोकिन निर्यातकर्ताहरू कोलम्बिया र पेरुको बीचमा रहेको इक्वेडरमा हालैका वर्षहरूमा हिंसा बढेको छ। मेक्सिकन र कोलम्बियाली कार्टेलहरूसँग सम्बन्ध भएका प्रतिद्वन्द्वी गिरोहहरू कोकिन नियन्त्रणका लागि प्रतिस्पर्धा गरिरहेको पाइने गरिएको छ।

सरकारी तथ्याङ्क अनुसार विश्वमा उत्पादन हुने कोकिनको ७० प्रतिशतभन्दा बढी इक्वेडरको समुद्री शहर भएर जाने गरेको छ।

इक्वेडरमा सन् २०२१ को फेब्रुअरीदेखि अहिलेसम्म प्रायः भयानक शैलीमा करिब ५०० कैदीहरू मारिएका छन्। जेलमा हुने झडपपछि कतिपय अवस्थामा उनीहरूको शरीरलाई टुक्रा–टुक्रा पारिएको र जलाइएको अवस्थामा पाउने गरिएको छ।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  ६ : १५ बजे

नमोबुद्धका पूर्वनगरप्रमुख तिमल्सिनाको निधन

काभ्रे– नमोबुद्ध नगरपालिकाका पूर्वनगरप्रमुख टङ्कप्रसाद (टीपी) शर्मा तिमल्सिनाको आज बिहान

नेताहरूको अनुहारमा मुसोलिनीको छाप

एकजना अमेरिकी लेखकले भनेका छन्- ‘लेख, केही न केही लेख

धवलागिरि आरोहण गर्न २४ जनाले अनुमति लिए

म्याग्दी– सन् २०२५ को चालु शरदयाममा म्याग्दीस्थित धवलागिरि हिमाल आरोहणका

सार्वजनिक जग्गा व्यवस्थित गरिँदै

पाल्पा– सार्वजनिक जग्गा नागरिकको साझा सम्पत्ति भए पनि व्यक्तिगत रूपमा

जवाङ्ग खोलामा पहिरो जाँदा मुग्लिन-नागढुंगा सडक अवरुद्ध

काठमाडौं – मुग्लिन–नागढुंगा सडक खण्ड अन्तर्गत जवाङ्ग खोला नजिकै पहिरो