नेपाली क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक « Khabarhub

नेपाली क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक


७ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक गरेको छ। सोमबार साँझ क्यानले फेसबुक पेजमार्फत् क्रिकेट टिमको टी-२० जर्सी सार्वजनिक गरेको हो।

यसअघि जर्सीमा नेपालको नाम लेख्दा पहेँलो रङ प्रयोग भएकोमा नयाँमा सेतो रङ प्रयोग भएको छ। नेपाली क्रिकेट टिमको नयाँ जर्सीमा गाढा निलो र रातो रङको प्रयोग भएको छ। जर्सीको एकतर्फको काँधमा नेपालको झण्डाको चन्द्र र अर्कोतर्फ सूर्य अंकित छ।

क्रिकेट टिमको जर्सीको स्पोन्सर नासा सेक्युरिटीजले गरेको हो। जसको लोगो जर्सीको बीचमा छ। जर्सीमा सगरमाथाको संकेत तलतर्फ राखिएको छ।

क्यानले जर्सी सार्वजनिक गर्दै भनेको छ, ‘आफ्नो जोश लगाउनुहोस्, आफ्नो गौरव लगाउनुहोस्।’ जर्सी एकता, शक्ति र सपनाको प्रतीक भएको उल्लेख गरिएको छ।

नेपालले नयाँ जर्सी वेस्ट इन्डिजसँगको टी–२० आई शृङ्खलामा लाएर खेल्नेछ।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  १० : ०० बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको