जेन-जीका नाममा कांग्रेस नेताको घरमा आगो लगाउँदा जलेकी महिलाको मृत्यु « Khabarhub

जेन-जीका नाममा कांग्रेस नेताको घरमा आगो लगाउँदा जलेकी महिलाको मृत्यु


७ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गत भदौ २४ गते जेन-जीका नाममा भएको उग्र प्रदर्शनका क्रममा घरमा आगो लगाउँदा जलेकी महिलाको उपचारका क्रममा ज्यान गएको छ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अनिल रुंगटाको वीरगञ्जस्थित घरमा आगजनी गरिँदा जलेर घाइते भएकी ४५ वर्षीया सोशलादेवी हजाराको मंगलबार उपचारका क्रममा ज्यान गएको हो । उनको काठमाडौँको कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

उनी कांग्रेस नेता रुङ्टाको घरमा काम गर्दै आएकी थिइन् । घरेलु कामदारका रुपमा उनी पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर २ निवासी हुन् ।

वीरगन्ज महानगरपालिका-१३ स्थित रुंगटाको निवास परिसका ४ वटा भवनमा आगो लगाइएको थियो। जेन-जी आन्दोलनका क्रममा अराजक समूह पसेर लुटपाट मच्चाउने क्रममा आगोसमेत लगाएका थिए ।

उनी आगजनीका क्रममा घरको छतमा थिइन् । छतमा रहेका अर्का युवक पनि जलेर गम्भीर भएका भएका थिए । उनलाई वीरगञ्ज महानगरपालिकाको वारुण यन्त्रको भर्‍याङको सहयोगमा बचाइएको थियो ।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  ११ : ३१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै