विदेशको अनुभव, स्वदेशमा उपयोग « Khabarhub

विदेशको अनुभव, स्वदेशमा उपयोग


७ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

भोजपुर– वर्षौँदेखि विदेशमा श्रम गरे पनि अपेक्षित कमाई र सन्तुष्टि नपाएका यहाँ का युवाहरू अहिले आफ्नै गाउँ फर्किएर व्यावसायिक कृषि, जडीबुटी तथा पशुपालनमार्फत मनग्य आम्दानी गर्न थालेका छन् । विदेशको भोगाइ र अनुभवलाई सँगालेर थालेका व्यवसायबाट उनीहरूले मनग्य लाभ उठाइरहेका छन् ।

टेम्केमैयुङ गाउँपालिका–१, तिम्माका प्रेमबहादुर बस्नेत त्यसको एक उदाहरण हुन् । लामो समय विदेशका विभिन्न देशमा पसिना बगाए पनि सोचेजस्तो आम्दानी नभएपछि बस्नेत गाउँ फर्किएर व्यवसायमा जोडिएका छन्  । 

अहिले गाउँमा नै बाख्रापालन तथा जडीबुटीखेतीबाट राम्रै आम्दानी भइरहेको उनले बताए । परिवारसँग बसेर गाउँमा गरिरहेको उद्यमबाट घर खर्च चलाउन कुनै समस्या नरहेको बस्नेतको भनाइ छ ।  

‘विदेशमा धेरै दुःख गरेँ, तर आम्दानी भनेजस्तो भएन’, बस्नेतले भने, ‘अहिले आफ्नै गाउँमा बसेर बाख्रापालनसँगै जडीबुटी खेती गरिरहेको छु । गाउँमा थालेको व्यवसायबाट विदेशमा भन्दा राम्रो आम्दानी भइरहेको छ । मेहनत गरे यही राम्रो आम्दानी हुने रहेछ भन्ने अनुभूति भयो ।’

विदेश जान चाहनेहरूका लागि गाउँमा नै उदाहरणीय बन्ने लक्ष्यका साथ कृषि कर्ममा जुटिरहेको उनको भनाइ छ । व्यवसायमा निरन्तरता दिन सक्ने हो भने त्यसबाट क्रमिक रूपमा लाभ लिन सकिने उनले अनुभव सुनाए ।

‘हामी छोटो समयमा धेरै लाभ लिन सोच लिन्छौँ’, उनले भने, ‘तर व्यवसायबाट आम्दानी लिन केही समय धैर्य राख्न सक्नुपर्छ । निरन्तर आफ्नो कर्ममा जुट्ने हो भने सफलता पाइने रहेछ ।’

उद्यममा जोडिन चाहनेहरूले सम्बन्धित काममा ज्ञान र सीप अनिवार्य रूपमा लिनुपर्ने उनको अनुभव छ । कुनै पनि व्यवसाय गर्न न्यूनतम सीप आवश्यक हुने उनले बताए । राज्यका तहहरूले कृषकलाई उद्यममा जोडिनु पूर्व आवश्यक तालिमको व्यवस्था गर्नुपर्ने उनको सुझाव छ ।

हाल भोजपुरका विभिन्न ग्रामीण भेगमा विदेशबाट फर्किएका धेरै युवा व्यावसायिक कृषि तथा पशुपालनतर्फ आकर्षित भइरहेका छन् ।

तर उनीहरूले व्यवसाय सञ्चालनका लागि आवश्यक पर्ने प्राविधिक ज्ञान, तालिम तथा पशु चिकित्सकीय सेवाको अभाव झेल्नु परेको गुनासो गर्ने गरेका छन् ।

राज्य तहबाट प्रदान हुने सेवाहरू सरल र पहुँचयोग्य भए गाउँमा नै बसेर राम्रो आम्दानी गर्न सकिने उनीहरूको भनाइ छ । रासस

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  ११ : ५८ बजे

वर्षासँगै नौ सडकखण्ड अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

काठमाडौं– लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका नौ सडकखण्ड पहिरो,

मतदातालाई गृहमन्त्री गुरुङको जवाफ, ‘कायापलट गर्न सक्दिनँ, बरू भोट फिर्ता लैजानुस्’

गोरखा- गोरखाको शहीद लखन गाउँपालिका-९ का मतदाताले चुनावका क्रममा गरेका

नक्साल नागपोखरीमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौं– श्रावण शुक्ल पञ्चमीका दिन आज नाग पञ्चमी पर्व मनाइँदै

‘रिटर्नी’ उद्यमीको सीप र पुँजी नेपालको आर्थिक विकासको आधार बन्नसक्छ

काठमाडौं-नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले कोरियामा विभिन्न

थालाछें नागपोखरीमा नागपूजा

भक्तपुर– थालाछें नागपोखरीमा आज बिहानैदेखि नाग पूजा गर्न भक्तजनहरुको भीड लागेको