‘बर्थिङ सेन्टर’ पुग्न दुई घण्टाको पैदल हिँड्नुपर्ने « Khabarhub

‘बर्थिङ सेन्टर’ पुग्न दुई घण्टाको पैदल हिँड्नुपर्ने


७ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्ला मसेट्टी क्षेत्रका गर्भवती नजिकमा प्रसूति सेवासहितको स्वास्थ्य संस्था नहुँदा घरमा नै सुत्केरी हुन बाध्य छन् ।

बस्तीबाट आठ किलोमिटर टाढा ब्रह्मदेवमा ‘बर्थिङ सेन्टर’ रहेको भए पनि जोखिमपूर्ण कच्ची बाटो पार गरेर जानुपर्ने भएकाले सेवा पाउन मुस्किल पर्छ । बर्थिङ सेन्टर पुग्न दुई घण्टाको पैदल जानुपर्ने भएकाले घरमै सुत्केरी हुनुको विकल्प नरहेको यहाँका स्थानीय बताउँछन् ।

गर्भवतीलाई नियमित चेकजाँच गराउने र अनिवार्य सुत्केरी स्वास्थ्य संस्थामा नै गराउनुपर्ने सरकारी मान्यता भए पनि यहाँ लागू हुन सकेको छैन । यहाँ यातायातको सहज पहुँच नहुँदा गर्भवतीलाई ‘स्टेचर’मा बोकेर स्वास्थ्य संस्थामा पुगाउनुपर्ने बाध्यता छ । 

कतिपय गर्भवती बाटोमा नै सुत्केरी भएर फर्काउन बाध्य भएको यहाँका स्वास्थ्य स्वयंसेविका विमला बमले जानकारी दिइन् । 

‘केहीलेकाँही नवजातशिशुहरु बाटोमा नै जन्मिएका छन्, बाध्यता छ के गर्नु गाउँमा बर्थिङ सेन्टर छैन,’ उनले भनिन्, ‘बर्थिङ सेन्टर पुग्न दुई घण्टा पैदल जानुपर्छ  यातायातको सुविधा छैन ।’

सरकारले घरमा सुत्केरी हुने दर शून्यमा अभियान चलाएको छ । नियमित चारपटक गर्भजाँच गर्नुपर्ने र त्योबापत ७०० समेत दिने व्यवस्था गरेको छ । सुत्केरी स्वास्थ्य संस्थामा गराएबापत तीन हजार यातायात खर्चस्वरूप पाउने प्रावधान पनि छ । तर यहाँका गर्भवतीहरू स्वास्थ्य संस्थामा सुत्केरी हुन नै पाएका छैनन् ।

‘कच्ची सडक छ हिउँदमा त एम्बुलेन्स आउँछ जसोतसो स्वास्थ्य संस्थामा पुगिन्छ ।’ यहाँका स्थानीय रेखा विकले भनिन्, ‘नियमित चेकजाँचका पनि हामीले दुई घण्टा पैदल जानुपर्छ ।’

उक्त बस्तीमा गाउँघर क्लिनिक स्थापना गरिएको छ । उक्त क्लिनिकमा एक जना अनमी, अहेब र एक जना कार्यालय सहयोगी छन् । क्लिनिकमा कार्यरत अनमी ममता महता सुत्केरी बिदामा गएपछि पुनः हाजिर भएकी छैनन् । उनले काज मिलाएर अन्तै गएपछि यहाँका बालबालिकालाई खोप र भिटामिन खुवाउन समेत समस्या भएको छ । अहिले खोप र भिटामिनका लागि ब्रह्मदेव स्वास्थ्य केन्द्रबाट महिनामा एक पटक अनमी आएर सेवा दिने गरेको गाउँघर क्लिनिकमा अहेब नारायण बोहराले जानकारी दिइन् । 

‘यहाँ बाटोको समस्या छ, सुत्केरी हुन स्टेचरमा बोकेर पाँच किलोमिटर टाढा लग्नुपर्ने बाध्यता छ,’ बोहराले भनिन्, ‘यहाँ त खानेपानीको सुविधा समेत छैन म घरबाट पानी बोकेर आउँछु ।’ 

उनका अनुसार उक्त क्लिनिकमा कार्यरत अनमी सुत्केरी बिदामा गएको डेढ वर्ष भइसकेको छ । उनको स्थानमा अर्को कर्मचारी नखटाउँदा बालबालिको खोप र गर्भवती जाँचमा निकै समस्या हुने गरेको छ ।

‘ब्रह्मदेव स्वास्थ्य केन्द्रबाट दुई घण्टा पैदल आएर यहाँ खोप सेवा दिनुपरेको छ, पालिकाले अर्को कर्मचारी खटाएको छैन,’ उनले भनिन्, ‘पालिकामा धेरै पटक आग्रह गरेका छौँ अब पठाउनु हुन्छ होला ।’ 

उनका अनुसार दैनिक २५÷३० जना सेवाग्राही आउने गरेका छन् । यहाँका स्थानीयले घर नजिकै बर्थिङ सेन्टर स्थापना गरेर सुरक्षित रुपमा स्वास्थ्य संस्थामा सुत्केरी हुन पाउने अधिकार सुनिश्चित गर्न माग गरेका छन् ।

सुगम जिल्ला भनेर चिनिने कञ्चनपुर भित्रै रहेको यो बस्तीमा विकासका आधारभूत सुविधाबाट वञ्चित छ ।  

यहाँसम्म पुग्ने पक्की बाटो छैन, स्वास्थ्य, शिक्षा, विद्युत् र खानेपानीजस्ता आधारभूत सेवा पाउनसमेत मुस्किल पर्ने यहाँको जनजीवन कष्टकर छ । सदरमुकामदेखि २० किलोमिटर उत्तरतर्फ अवस्थित यस बस्ती जोखिमपूर्ण कच्ची बाटो पार गरेर मात्र पुग्न सकिन्छ । 

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  १ : ३८ बजे

प्रतिनिधिसभा : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्

स्यानेटरी प्याडमा कर हटाउन सांसद यादवको माग, सामाजिक न्यायमाथि प्रश्न

काठमाडौं– प्रतिनिधिसभामा स्यानेटरी प्याडमा लगाइएको करबारे सांसद पुरुषोतम यादवले सरकारको ध्यानाकर्षण

राप्रपा सांसद्ले भनिन्- मूल्यवृद्धिले जनतालाई दुख दियो, नियन्त्रणमा लिन पर्‍यो

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद सरस्वती लामाले कालोबजारी, कृत्रिम अभाव

नेपाल टेक रोडशो यूएसए २०२६ सम्पन्न, नेपालको आईटी क्षमता विश्वसामु प्रस्तुत

अमेरिका– अमेरिकामा सम्पन्न ‘नेपाल टेक रोडशो यूएसए २०२६’ ले नेपालको

अर्थ समितिले आर्थिक वर्षको बजेटबारे विज्ञहरूसँग छलफल गर्ने

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले आगामी आर्थिक वर्षको बजेटका सन्दर्भमा