एमाले नेता टोपबहादुर रायमाझी केन्द्रीय कारागार फर्किए « Khabarhub

एमाले नेता टोपबहादुर रायमाझी केन्द्रीय कारागार फर्किए


७ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका नेता टोपबहादुर रायमाझी कारागार फर्किएका छन् ।

पूर्व उपप्रधानमन्त्री एवम् एमालेका निलम्बित सचिव रायमाझी मंगलबार केन्द्रीय कारागार सुन्धारामा फर्किएका हुन् ।

रायमाझी केन्द्रीय कारागार जैसीदेवल (सेन्ट्रल जेल) बाट गत भदौ २४ गते निस्किएका थिए । उनी नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि जेल परेका थिए ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लगायत तेस्रो देश पठाउने भन्दै रायमाझी समेतको गिरोहले प्रतिव्यक्ति लाखौँ रकम असुलेको आरोप थियो ।

तर, सरकारले भदौ २३ गते भएको जेन-जीको आन्दोलनमा दमन गरेपछि उग्र बनेको प्रदर्शनका क्रममा अराजक भिडले सेन्ट्रल जेलमा आक्रमण गर्दा करिब ३३ सय कैदीबन्दीसँगै रायमाझी पनि निस्किएका थिए ।

सेन्ट्र्रल जेलमा रहेका ३८ सय कैदीबन्दीमध्ये अब ५०० जतिमात्रै बसेका थिए । टोपबहादुरसँगै निस्केका सयभन्दा धेरै कैदीबन्दी कारागारमा फर्किइसकेका छन्‌ ।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  ३ : १९ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको