प्रसाईंको निष्कर्ष : देशलाई एनजीओ र आईएनजीओले कब्जा गरे « Khabarhub

प्रसाईंको निष्कर्ष : देशलाई एनजीओ र आईएनजीओले कब्जा गरे


७ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राजा फर्काउने अभियानमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पछिल्लो समय मुलुक एनजीओ-आईएनजीओको कब्जामा गएको बताएका छन् ।

मंगलबार भक्तपुरस्थित निवासमै पत्रकार सम्मेलन गरेर प्रसाईंले देशलाई बार्बरा फाउन्डेसन र समता फाउन्डेसनसहितका संस्थाले कब्जा गरेको जिकिर गरे ।

भदौ २२ गते साँझ जेन-जी प्रदर्शनका संयोजक मिराज ढुंगानासहितका युवाहरूलाई आफूले होसियार बन्न सुझाव दिएको पनि उनले बताए ।

तर जेन-जीको आन्दोलनलाई काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह र ‘हामी नेपाल’का सुदन गुरुङहरूले हाइज्याक गरेको प्रसाईंले बताए ।

उनले एउटा भिडिओ देखाउँदै प्रधानमन्त्री सुशीला कार्की, ऊर्जामन्त्री कुलमान घिसिङ, कृषिमन्त्री मदन परियार र सञ्चारमन्त्री जगदीश खरेलमाथि गम्भीर आरोप लगाएका छन् ।

‘हामीले एउटा सोचेका थियौँ, भइदियो अर्कै, यो देशमा नर्सिङ कलेज खोल्नु हुँदैन भन्ने अहिलेकै प्रधानमन्त्री हुन्’, प्रसाईंले सुनाए, ‘एमसीसी र एमसीएमा हस्ताक्षर गर्ने तपाईंहरूले हिरो मानेका कुलमान घिसिङ हुन्, त्यसको वकालत गर्ने व्यक्ति अहिले सञ्चारमन्त्री बनेको देख्दा अचम्म लागेको छ, देश त पूरै एनजीओ-आईएएनजीओको कब्जामा गइसकेको छ ।’

उनले वास्तविक जेन-जीको प्रदर्शनमा घुसेर एनजीओ-आईएजीओले ठूलो षड्यन्त्र गरेको पनि बताए । जेन-जीबाट खोसेर अहिले एनजीओ-आईएनजीओले देश चलाउन थालेको प्रसाईंले बताए ।

‘हामीले व्यवस्था परिवर्तनका लागि यत्रो आन्दोलन गर्‍यौँ’, उनले भने, ‘तर कहीँकतैबाट एक रुपैयाँ लिएका छैनौँ । तर उनीहरूले डलरका डलर ओसारेका हामीले देखिरहेका छौँ ।’

संसद् भवन, सिंहदरबार र सर्वोच्च अदालत जस्ता राज्यका निकायमा आगो लगाउने चाहना राखे पनि भदौ २४ गते आफूले त्यस्तो नगरेको उनले बताए । उक्त विध्वंशको नेतृत्व काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले गरेको पनि दाबी प्रसाईंले गरेका छन् ।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  ३ : ३८ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा