मन्त्री घिसिङसँग बेलायती राजदूतको भेट | Khabarhub Khabarhub

मन्त्री घिसिङसँग बेलायती राजदूतको भेट


७ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकासमन्त्री कुलमान घिसिङसँग नेपालस्थित संयुक्त अधिराज्य बेलायतका राजदूत रब फेनले शिष्टाचार भेटवार्ता गरेका छन् ।

ऊर्जा मन्त्रालयमा आज भएको भेटमा नवनियुक्त मन्त्री घिसिङलाई बेलायतका राजदूत फेनले बधाई दिनाका साथै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

भेटमा नेपाल–बेलायतबीचको मित्रता, सहकार्य, ऊर्जा क्षेत्रमा बेलायतको सहयोग, पूर्वाधार क्षेत्रमा लगानीको सम्भावना, जलवायु परिवर्तनबाट सिर्जित समस्या न्यूनीकरणका उपायहरुका लागि आवश्यक सहयोगलगायतका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

भेटमा मन्त्री घिसिङले जेनजी प्रदर्शनपछि गठन भएको सरकारको मुख्य प्राथमिकताका रुपमा क्षति भएका संरचनाको पुनर्निर्माण, आम चुनाव र सुशासन कायम गर्नु रहेको बताएका थिए ।

त्यसैगरी उनले नेपालको आर्थिक विकासमा बेलायतले गरेको सहयोगको सराहना गर्दै नेपाललाई कार्बनरहित बनाउन विद्युतीय सवारीसाधनको प्रयोग बढाउन ‘चार्जिङ स्टेसन’ स्थापनाका लागि भइरहेको सहयोग प्रभावकारी रहेको बताएका थिए ।

सो अवसरमा राजदूत फेनले बेलायत नेपालको पुरानो मित्र भएको र नेपालको सफलता तथा आर्थिक रुपान्तरणमा निरन्तर सहयोग रहने उल्लेख गरेको मन्त्री घिसिङको सचिवालयले जनाएको छ ।

 

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  ३ : ५२ बजे

‘जेन-जी विद्रोहपछि नेपाल शान्त छ, नीति राम्रो भए पर्यटन क्षेत्र उठ्छ’

काठमाडौं– भदौ २३ र २४ गते जेन–जी पुस्ताले दुईतिहाइ बहुमतको

अर्थमन्त्री खनालद्वारा सामान्य प्रशासन मन्त्रालयमा पदबहाली

काठमाडौं– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा

अङ्ग प्रत्यारोपण सर्जन डा. श्रेष्ठ सर्जरी सेवाबाट सेवा निवृत्त 

काठमाडौं– शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक एवं अङ्ग

शिक्षामन्त्रीलाई मन्त्रालयका कामबारे ‘ब्रिफिङ’ : विज्ञान, प्रविधिमा जोड

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले मन्त्रालय र सम्बन्धित

हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार स्व. सुरेश रजकलाई

काठमाडौं– यस वर्षको हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार एभिन्यूज टेलिभिजनका