हमासले हतियार समर्पण गर्नुपर्छ : राष्ट्रपति अब्बास | Khabarhub Khabarhub

हमासले हतियार समर्पण गर्नुपर्छ : राष्ट्रपति अब्बास


७ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले ‘आतङ्कवादी’ समूह हमास र अन्य गुटहरूलाई कडा चेतावनी दिँदै प्यालेस्टिनी प्राधिकरणलाई हतियार समर्पण गर्न आग्रह गरेका छन्। उनले प्यालेस्टाइन राज्य मात्र गाजामा शासन गर्न र सुरक्षा सुनिश्चित गर्न योग्य निकाय भएको दाबी गरे।

संयुक्त राष्ट्र महासभाको दुई-राज्य समाधान सम्बन्धी विशेष सत्रमा भिडियोमार्फत सम्बोधन गर्दै अब्बासले एउटै कानून र वैध सुरक्षा बल अन्तर्गत एकीकृत प्यालेस्टिनी राज्यको दृष्टि प्रस्तुत गरे।

‘गाजामा शासन र सुरक्षाको पूर्ण जिम्मेवारी लिन योग्य एक मात्र निकाय प्यालेस्टिनी राज्य हो । यो पश्चिम किनारमा सरकारसँग सम्बद्ध अन्तरिम प्रशासनिक समिति र अरब तथा अन्तर्राष्ट्रिय समर्थनमार्फत सम्भव हुन्छ’, उनले भने।

अब्बासले ‘शासनमा हमासको कुनै भूमिका नहुने’ स्पष्ट गर्दै भने, ‘हमास र अन्य गुटहरूले प्राधिकरणलाई आफ्ना हतियार समर्पण गर्नुपर्छ । हामी चाहन्छौँ हतियारबिनाको राज्य, एउटै कानून र एउटै सुरक्षा बल भएको राज्य ।’

जुलाईमा पारित न्युयोर्क घोषणाप्रति कृतज्ञता व्यक्त गर्दै उनले यसलाई मानवीय संकट र इजरायली कब्जा अन्त्य गर्ने अपरिवर्तनीय बाटोको सुरुवात भनेका छन् । घोषणामा पूर्वी जेरुसेलमलाई राजधानी बनाएर इजरायलसँग शान्तिपूर्वक बस्ने स्वतन्त्र प्यालेस्टिनी राज्यको कल्पना गरिएको छ ।

अब्बासले तत्काल र स्थायी युद्धविराम, संयुक्त राष्ट्रसङ्घमार्फत निर्बाध मानवीय पहुँच, सबै बन्धक तथा कैदीको रिहाइ, गाजाबाट इजरायली सेनाको फिर्ती र गाजा–पश्चिम किनारको पुनर्निर्माणको आवश्यकतामा जोड दिए ।

कायरो सम्मेलनमार्फत पुनर्निर्माण ढिलाइ नगरी सुरु गर्नुपर्ने उनले औँल्याए । साथै उनले सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा गरिएका कार्यसहित ‘कब्जाको अपराध’ को निन्दा गरे ।

अब्बासले इजरायली बस्ती विस्तार, विलय, बसोबास हिंसा तथा इस्लामिक र इसाई पवित्र स्थलमाथि भएका आक्रमणको विरोध गर्दै भने, ‘बृहत्तर इजरायलको कथाले अन्तर्राष्ट्रिय कानून उल्लङ्घन गरेको छ । यो अरब राष्ट्रिय सुरक्षा र विश्व शान्तिका लागि प्रत्यक्ष खतरा हो ।’

सत्रको सह-अध्यक्षता फ्रान्स र साउदी अरेबियाले गरेका थिए । सो अवसरमा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले औपचारिक रूपमा फ्रान्सले प्यालेस्टाइन राज्यलाई मान्यता दिएको घोषणा गरे ।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  ५ : १० बजे

बजारमा बढ्यो दसैँ चहलपहल (तस्बिरहरू)

काठमाडौं– दसैँ आउन लागेसँगै बजारमा भीड बढेको छ । खासगरी

मनोज सिलवालको वाचा : काम गर्न प्राधिकरणमा आएको हुँ, डेडिकेटेड ट्रंक लाइनको बक्यौता उठाउँछु

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक मनोज सिलवालले डेडिकेटेड

माओवादीसँग एकताका लागि विप्लवले बनाए वार्ता टोली

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले माओवादी

सामुदायिक विद्यालयमा अनिवार्य कम्प्युटर शिक्षक, विश्वविद्यालयको परीक्षाफल तीन महिनामै

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका शिक्षा, विज्ञान तथा