मुग्लिन-नारायणगढको तुइन खोलामा विशाल पहिरो, यातायात अनिश्चितकाललाई बन्द « Khabarhub

मुग्लिन-नारायणगढको तुइन खोलामा विशाल पहिरो, यातायात अनिश्चितकाललाई बन्द


७ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलानजिक मंगलबार विशाल पहिरो खसेको छ।

सडक विभागका झन्डै आधा दर्जन डोजरले यसअघि झरेको पहिरोको थुप्रो पन्छाइरहेका बेला पहाडै खसेर सडकमा थुप्रिएको हो ।

यसअघिभन्दा विशाल पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक अनिश्चितकाललाई बन्द भएको स्थलगत रिपोर्टिङमा रहेका पत्रकार विनोद श्रेष्ठले बताएका छन् ।

एक सातादेखि उक्त स्थानमा लगातार पहिरो झरिरहेको थियो । तर सडक विभागले निरन्तर पन्छाएर घरी एकतर्फी, घरी दुईतर्फी यातायात खुलाएको थियो ।

तर मंगलबार अपरान्ह उक्त स्थानमा पहाड नै पल्टिएर सडकमा थुप्रिएको छ। डोजर लगाएर यसअघि खसेको ढुंगामाटोको थुप्रो पन्छाइरहेका बेला खसेको पहिरो एकदमै ठूलो रहेको उनले बताए । उक्त पहिरो तत्काल पन्छाउन असम्भव भएपछि अनिश्चितकाललाई यातायात बन्द भएको हो ।

गत शुक्रबार साँझ ६ बजेदेखि नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत पर्ने तुइन खोलामा गएको पहिरोले सडक अवरुद्ध बनेको थियो ।

सडक अवरुद्ध भएपछि अहिले पनि दशैँमा घर हिँडेका हजारौँ यात्रुहरू अलपत्र परेका छन् । सडक एकतर्फी खुलेसँगै सवारी साधनहरूलाई गन्तव्यतर्फ पठाइएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  ५ : १६ बजे

म्याग्दीको गुर्जा र घोडेपानीमा हिमपात

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिका– १ गुर्जा र अन्नपूर्ण गाउँपालिका– ६

रविको स्वास्थ्य अवस्थाबारे के भन्छ टिचिङ अस्पताल ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको उपचारको

गुठी संस्थानविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाडौं– गुठी संस्थानले निर्वाचन आचारसंहिताविपरीत श्री बौद्ध तथा मेलम्ची घ्याङ

डडेलधुरा पुगेर बालेन लेख्छन्- सुदूर अब दूर नाई…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र साह

कांग्रेसको चुनावी नीति : जसको जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ

काठमाडौं– नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा