शिक्षामन्त्रीलाई मन्त्रालयका कामबारे ‘ब्रिफिङ’ : विज्ञान, प्रविधिमा जोड « Khabarhub

शिक्षामन्त्रीलाई मन्त्रालयका कामबारे ‘ब्रिफिङ’ : विज्ञान, प्रविधिमा जोड


७ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले मन्त्रालय र सम्बन्धित निकायका प्रमुखसँग मन्त्रालयका काम र आगामी प्राथमिकताका विषयमा ‘ब्रिफिङ’ लिएका छन् ।

केशरमहलस्थित मन्त्रालयमा सोमबार कार्यभार सम्हालेका हुन् मन्त्री पुनले आज सचिवद्वय चूडामणि पौडेल र विश्वबाबु पुडासैनीलगायत महाशाखा प्रमुख र मातहत निकायका कामबारे जानकारी लिएका हुन् ।

मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाका अनुसार उनले विज्ञान र प्रविधि क्षेत्रमा स्रोतसाधन वृद्धि गरी विद्यालयस्तरदेखि कम्प्युटर शिक्षालाई महत्त्व दिन निर्देशन दिए ।

मन्त्री पुनले पद बहालीका क्रममा विज्ञान र प्रविधि क्षेत्रमा मन्त्रालयलाई सुझाव दिन विभिन्न चारवटा सल्लाहकार समिति गठनको कार्यादेश समावेश गरिएको प्रस्तावलाई स्वीकृत गरेका थिए ।

यसैबीच, मन्त्री पुनको इच्छाबमोजिम उनलाई मन्त्रालयमै आवासको प्रबन्ध गर्न मन्त्रालय प्रशासनले आवश्यक तयारी गरेको छ । मन्त्री पुनले आफू जहाँ काम गर्यो, त्यहीँ बस्दै आएकाले सुत्ने खाट र भान्छा कोठाको व्यवस्था गर्न निर्देशन दिएका थिए ।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  ५ : ४१ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा