चुच्चे नक्सामुनि भारतीय राजदूत र अर्थमन्त्री खनालबीच वार्ता, सहयोग निरन्तर रहने वचन « Khabarhub

चुच्चे नक्सामुनि भारतीय राजदूत र अर्थमन्त्री खनालबीच वार्ता, सहयोग निरन्तर रहने वचन


७ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


792
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अर्थमन्त्री रामेश्वर खनाल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच मंगलबार दिउँसो सिंहदरबारमा भेटवार्ता भएको छ ।

दुईजनाबीच सिंहदरबारमा समसामयिक विषयमा लामो संवाद भएको हो । रोचक त के छ भने अर्थमन्त्री खनालले आफ्नो कार्यकक्षमा राखेको लिम्पियाधुरा र कालापानी समेटिएको चुच्चे नक्सामुनि भारतीय राजदूतसँग संवाद गरेका छन् ।

उक्त चुच्चे नक्सालाई अझै पनि भारतले मान्यता दिन मानेको छैन । नेपालले आफ्नो क्षेत्र भनिरहेको लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको चुच्चे नक्साबारे भारतले कूटनीतिक रुपमा अस्वीकार गरिरहेको छ ।

उता उत्तरी छिमेकी चीनले पनि नेपाली भूमि लिपुलेक हुँदै व्यापार गर्न भारतसँग सम्झौता गरेको छ। चिनियाँ राजदूत छन सोङसँग पनि खनालले चुच्चे नक्सामुनि नै संवाद गरेका छन् ।

यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सांघाई शिखर सम्मेलनमा सहभागी हुने क्रममा लिपुलेक नेपाली भूमि भएकाले भारत-चीन सहमति स्वीकार्न नसकिने बताएका थिए । उक्त कुरा राखेपछि गत भदौ ३१ गतेदेखि हुने भनिएको ओलीको भारत भ्रमण अनिश्चिततामा धकेलिएका बेला जेन-जी आन्दोलनका कारण ओलीले भदौ २४ गते राजीनामा दिए ।

चुच्चे नक्सामुनि भएको वार्तामा भारत सरकार नेपालमा जेन-जी आन्दोलनबाट बनेको सरकारलाई सहयोग गर्न तयार रहेको कुरा राजदूतले बताएका थिए । उनले विगतदेखिका विकास निर्माणका कामलाई पनि निरन्तरता दिने गरी सहयोग कायमै राख्ने बताएका थिए ।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  ६ : ११ बजे

कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटीमा

सुनसरी– कोशी गाउँपालिका– ८ भन्टाबारीकी मीरा मेहताले विगत सात वर्षदेखि

नागपञ्चमी : सर्पलाई किन देवता मानेर पूजा गरिन्छ ?

नेपाललाई प्रकृति, संस्कृति र धर्मको अनौठो संगमका रूपमा चिनिन्छ। यहाँ

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेशसभाबाट विश्वासको मत

बाजुराको बडिमालिका मन्दिरमा मेला तथा पूजा प्रारम्भ

बाजुरा– धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडिमालिका मन्दिरमा आजदेखि मेला

उद्योग समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको उद्योग तथा वाणिय र