माओवादीसँग एकताका लागि विप्लवले बनाए वार्ता टोली « Khabarhub

माओवादीसँग एकताका लागि विप्लवले बनाए वार्ता टोली


७ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले माओवादी घटक र विचार मिल्नेसँग एकताका लागि वार्ता टोली गठन गरेका छन् ।

नेकपाको काठमाडौंमा बसेको केन्द्रीय कमिटीको बैठकमा माओवादी घटक र विचार मिल्ने समूहसँग वार्ता गर्ने निर्णयसहित टोली गठन गरिएको हो ।

वार्ता टोली संयोजकमा प्रवक्ता खड्गबहादुर विश्वकर्मा छन् । सदस्यहरूमा अनिल सी, शिलु सी, सुशील सी, चिरण र जितेन्द्र सी छन्।

नेकपा (माओवादी केन्द्र) ले पनि नेकपासँग एकताको लागि छलफल गरिरहेको छ । माओवादीको गत भदौमा बसेको स्थायी समिति बैठकले नेकपासँग एकता गर्ने निर्णय गरिसकेको छ ।

जेन–जी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम अनुसार विप्लवले माओवादीसँग तत्काल एकता गर्नेगरी आफूलाई अघि बढाएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि पहिलो प्राथमिकतामा राखेर विप्लव र माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सँग एकताको तयारी गरेका छन् ।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  ७ : ०० बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर