सिँचाइ तथा पहिरो नियन्त्रणका लागि १५ करोडका योजना सञ्चालन « Khabarhub

सिँचाइ तथा पहिरो नियन्त्रणका लागि १५ करोडका योजना सञ्चालन


६ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

दमौली (तनहुँ)- सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भानु तनहुँले सिँचाइ तथा पहिरा नियन्त्रणका लागि रु १५ करोड बढीका योजना सञ्चालन गरेको छ । कार्यालयले चालु आर्थिक वर्षमा रु १५ करोड ७५ लाखका विभिन्न योजना सञ्चालन गरिएको जानकारी दिएको हो ।

आयोजना प्रमुख सुपिन्द्र खत्रीले पाँचवटा ठूला आयोजनामा रु तीन/तीन करोड बजेट विनियोजन भएको जानकारी दिए । उनका अनुसार देवघाट गाउँपालिका-५ स्थित दासढुङ्गा त्रिशूली नदी बृहत् लिफ्ट सिँचाइ आयोजना, जरायो खोला नहर सिँचाइमा रु तीन करोड, व्यास नगरपालिका-६ स्थित शिशाघाट उपत्यका लिफ्ट सिँचाइ आयोजनामा रु तीन करोड, भानु नगरपालिका-४ स्थित भानु चुँदी वराह सिँचाइ आयोजनामा रु तीन करोड, शुक्लागण्डकी नगरपालिकास्थित टार बजार संरक्षण कार्यक्रमका लागि रु तीन करोड, देवघाट गाउँपालिका-५ स्थित गलेश्वर आश्रम तातोपानी पहिरो नियन्त्रणका लागि रु तीन करोड बजेट विनियोजन भएको छ ।

यस्तै मर्स्याङ्दी तथा दरौदी नदी नियन्त्रणका लागि रु ७५ लाख बजेट विनियोजन भएको उनले जानकारी दिए । कार्यालयले तनहुँसहित लमजुङ, मनाङ र गोरखामा काम गर्दै आएको छ । सुरुमा पालुङटार सिँचाइ आयोजना तथा कुण्डुटार सिँचाइँ योजनालाई कार्यान्वयनमा ल्याउने उद्देश्यका साथ आर्थिक वर्ष २०७५/७६ मा पालुङटार कुण्डुटार सिँचाइ आयोजनाको नाममा स्थापना भएको थियो ।

आर्थिक वर्ष २०८१/८२ बाट तनहुँ, गोरखा, लमजुङ र मनाङ कार्यक्षेत्र रहनेगरी नाम परिवर्तन गरी सिँचाइ तथा जलस्रोत व्यवस्थापन कार्यालय गोरखा बनाइएको थियो । चालु आर्थिक वर्ष २०८२/८३ मा स्थानान्तरण भई सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भानु तनहुँ भएको छ ।

कार्यालयले चार जिल्लाका विभिन्न सिँचाइ संरचना निर्माण, दरौदी, दोर्दी तथा मर्स्याङ्दी नदी क्षेत्रमा डुबान तथा कटानबाट प्रभावित वा जोखिमयुक्त स्थानमा तटबन्धन, स्पर तथा रिभेटमेन्ट निर्माण, जग्गा उकास, नदी नियन्त्रण, सिँचाइ तथा नदी व्यवस्थापन कार्यका लागि आवश्यक अध्ययन, सर्भेक्षण कार्य गरिरहेको प्रमुख खत्रीले जानकारी दिए ।

प्रकाशित मिति : ६ कार्तिक २०८२, बिहीबार  १२ : २३ बजे

चितवनमा मोबाइल नेटवर्क विस्तार

चितवन– नेपाल टेलिकमले चितवनका विभिन्न क्षेत्रमा मोबाइल तथा इन्टरनेट सेवाको

गर्मी छल्न रिगताल क्षेत्रमा पर्यटक बढ्दै

बागलुङ– हिजोआज दैनिकजसो रिगताल परिसरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ

मैत्रीपूर्ण फुटबल खेल्न पूर्वकप्तानहरु सुर्खेतमा

कर्णाली– नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानहरु कर्णाली प्रदेशको राजधानी सुर्खेतमा

केही भूभागमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा

भक्तपुर– भक्तपुरको सूर्यविनायक नगरपालिकाले शुक्रबार नगरलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना