जुवातास खेल्ने १२ जना नियन्त्रणमा « Khabarhub

जुवातास खेल्ने १२ जना नियन्त्रणमा


६ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- दोधारा चाँदनी नगरपालिकाको दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले आज छापा मारेर जुवातास खेल्दै गरेका १२ जनालाई नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय दोधारा–चाँदनीबाट खटिएको प्रहरी टोलीले प्राप्त गोप्य सूचनाका आधारमा दोधारा चाँदनी नगरपालिका–१ पशुपति टोलस्थित दिनेशबहादुर बमको नास्ता पसलमा जुवातास खेल्दै गरेका आठ जनालाई नगद रकमसहति नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सागर बोहराका अनुसार उक्त स्थानबाट रु ३० हजार ९३५ रकम नगद, चार थान मोबाइल फोन, गलैँचा एक थान बरामद गरिएको छ ।

यसैगरी, सोही नगरपालिका–३ देवीस्थानका डम्बर दमाईको घरमा प्रहरीले छापा मारी जुवातास खेलिरहेको अवस्थामा चार जनालाई नियन्त्रणमा लिएको छ ।

उक्त स्थानबाट रु २१ हजार ८७५ नगद, तीन थान मोबाइल फोन, त्रिपाल १ थान बरामद गरेको छ । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०८२, बिहीबार  १ : ४८ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार