अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको तयारी धमाधम « Khabarhub

अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको तयारी धमाधम


६ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

झापा- यही कात्तिक १५ देखि २२ गतेसम्म झापामा हुने अन्तर्राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिताको तयारी धमाधम भइरहेको छ । आयोजक समितिका अध्यक्ष सन्तोष थोप्राले नवनिर्मित शिवसताक्षी नगरपालिकाको दुधे रङ्गशालामा प्रतियोगिता सञ्चालन हुने प्रतियोगिताको तयारीका क्रममा खेलमैदानको घाँस काट्ने र प्यारापिट सजाउने कार्य भइरहेको बताए ।

उनले रङ्गशालाको प्यारापिटमा ३०० जनालाई बस्नका लागि प्लास्टिकका कुर्सी जडान भइरहेको बताए । शिवसताक्षी नगरपालिका प्रमुख मेगाहाङ थोप्राले प्रतियोगिता सञ्चालनका लागि रङ्गशालाको पक्की प्यारापिटलगायत भौतिक निर्माणका काम द्रुतगतिमा भएको बताए ।

झापाको इतिहासमा पहिलोपटक अन्तर्राष्ट्रिय गोल्डकप प्रतियोगिता सञ्चालन हुन लागेकाले यसलाई भव्य रूपमा सम्पन्न गर्न सबैले सहयोग गरिरहेको उनले बताए ।

प्रतियोगिता सञ्चालनका लागि रु एक करोड खर्च हुने अनुमान गरिएको छ । प्रतियोगितामा त्रिभुवन आर्मी, एपिएफ, नेपाल पुलिस क्लब, अन्य तीन वटा ए–डिभिजन क्लब र भारत, भूटानलगायतका देशका टोलीहरू सहभागी हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेता टोलीलाई रु १० लाख र उपविजेतालाई रु पाँच लाख पुरस्कार रहेको छ । सर्वोत्कृष्ट खेलाडीलाई रु एक लाख ५० हजार, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक, उदीयमान खेलाडी तथा उच्च गोलकर्तालाई रु २५–२५ हजार प्रदान गरिने र ‘प्लेयर अफ द म्याच’ घोषित हुने खेलाडीलाई रु १५ हजार प्रदान गरिने जनाइएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०८२, बिहीबार  ४ : ३० बजे

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित