अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको तयारी धमाधम « Khabarhub

अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको तयारी धमाधम


६ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

झापा- यही कात्तिक १५ देखि २२ गतेसम्म झापामा हुने अन्तर्राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिताको तयारी धमाधम भइरहेको छ । आयोजक समितिका अध्यक्ष सन्तोष थोप्राले नवनिर्मित शिवसताक्षी नगरपालिकाको दुधे रङ्गशालामा प्रतियोगिता सञ्चालन हुने प्रतियोगिताको तयारीका क्रममा खेलमैदानको घाँस काट्ने र प्यारापिट सजाउने कार्य भइरहेको बताए ।

उनले रङ्गशालाको प्यारापिटमा ३०० जनालाई बस्नका लागि प्लास्टिकका कुर्सी जडान भइरहेको बताए । शिवसताक्षी नगरपालिका प्रमुख मेगाहाङ थोप्राले प्रतियोगिता सञ्चालनका लागि रङ्गशालाको पक्की प्यारापिटलगायत भौतिक निर्माणका काम द्रुतगतिमा भएको बताए ।

झापाको इतिहासमा पहिलोपटक अन्तर्राष्ट्रिय गोल्डकप प्रतियोगिता सञ्चालन हुन लागेकाले यसलाई भव्य रूपमा सम्पन्न गर्न सबैले सहयोग गरिरहेको उनले बताए ।

प्रतियोगिता सञ्चालनका लागि रु एक करोड खर्च हुने अनुमान गरिएको छ । प्रतियोगितामा त्रिभुवन आर्मी, एपिएफ, नेपाल पुलिस क्लब, अन्य तीन वटा ए–डिभिजन क्लब र भारत, भूटानलगायतका देशका टोलीहरू सहभागी हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेता टोलीलाई रु १० लाख र उपविजेतालाई रु पाँच लाख पुरस्कार रहेको छ । सर्वोत्कृष्ट खेलाडीलाई रु एक लाख ५० हजार, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक, उदीयमान खेलाडी तथा उच्च गोलकर्तालाई रु २५–२५ हजार प्रदान गरिने र ‘प्लेयर अफ द म्याच’ घोषित हुने खेलाडीलाई रु १५ हजार प्रदान गरिने जनाइएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०८२, बिहीबार  ४ : ३० बजे

एमाले केन्द्रीय कमिटी बैठक : विधान संशोधनदेखि निर्वाचन तयारीसम्मका एजेन्डा 

ललितपुर– नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटी बैठक शनिबार बसिरहेको

थारु बस्तीमा बढ्यो माघीको चहलपहल

कञ्चनपुर– थारु समुदायको नयाँ वर्ष तथा सबैभन्दा ठूलो सांस्कृतिक पर्व

एमाले केन्द्रीय कमिटी बैठक जारी (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।

दश करोड बढीमा बिक्री भए भीरकोटका सुन्तला

वालिङ– स्याङ्जाको भीरकोट–७ बाट यस वर्षमात्रै दश करोड बढीको सुन्तला

महाकालीको बगरमा बालुवा छानेर जीविका चलाउने दम्पतीहरू

महेन्द्रनगर– कञ्चनपुरको लालझाडी गाउँपालिका–४ जाइँका ५६ वर्षीय भजौरा चौधरी महाकाली