इरानविरुद्ध खेल्न तयार छौँ: कम्तान सावित्रा भण्डारी « Khabarhub

इरानविरुद्ध खेल्न तयार छौँ: कम्तान सावित्रा भण्डारी


६ कार्तिक २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान सावित्रा भण्डारीले इरानविरुद्ध मैदानमा उत्रिन आफूहरू तयार भएको बताएकी छन्।

शुक्रबार नेपाल मैत्रीपूर्ण त्रिदेशीय फुटबलअन्तर्गत इरानसँग भिड्दैछ। खेलका लागि नेपाल भारत पुगिसकेको छ।

‘नेपाल इरानविरुद्ध खेल्न तयार छ। भारत आइसकेपछि हामीले मैदानको पनि अवलोकन गरिसकेका छौँ,’ उनले भनिन्, ‘हामी सबै इरानविरुद्ध खेल्न मानसिक र शारीरिक रूपमा तयार छौँ।’

नेपाल र इरानबीचको खेल जवाहारलाल नेहरु रंगशालामा नेपाली समयअनुसार शुक्रबार साँझ सवा ६ बजे सुरु हुनेछ।
त्रिदेशीय खेलअन्तर्गतको उद्घाटन खेलमा भारत र इरान भिडेका थिए। जसमा इरानले घरेलु टोलीमाथि २-० गोलको जित दर्ता गर्दै प्रतियोगितामा सुखद् सुरुवात गरिसकेको छ।

नेपाल पनि पहिलो खेलमै जित दर्ता गरी सुखद सुरुवात गर्न चाहन्छ भने इरान लगातार जितको खोजीमा छ। प्रतियोगितामा हरेक देशले २ खेल खेल्नेछन् भने शीर्ष टोली बिजेता बन्नेछ।

प्रतियोगिताको ट्रफी आज अनावरण गरिएको छ।

प्रकाशित मिति : ६ कार्तिक २०८२, बिहिबार  ९ : १७ बजे

दसैँ मनाउन बाहिरिएकाहरु धमाधम काठमाडौं फर्किँदै

काठमाडौं- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेका

एनपीएलका लागि पाकिस्तानी कप्तान फरहान नेपालमा

काठमाडौं- कर्णाली याक्समा अनुबन्ध भएका पाकिस्तान टी–२० टिमका कप्तान साहबजादा

फिलिपिन्समा दुई प्रशिक्षण विमान दुर्घटना हुँदा वायुसेनाका चार पाइलटको मृत्यु

मनिला- उत्तरी फिलिपिन्सको बाताङ्गास प्रान्तमा शुक्रबार प्रशिक्षण उडानका क्रममा दुईवटा

तीन महिनामा चितवनका २८ जनाले त्यागे नागरिकता

नारायणगढ (चितवन)- जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय

संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि जनतामाझ जान लागेका हौँ : माधव नेपाल

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले संविधान र