भोजपुरका माओवादीको आरोप : पार्टी छाडेका सुदनले भ्रम छरे, आवश्यक परे प्रतिवाद गर्छौँ  « Khabarhub

भोजपुरका माओवादीको आरोप : पार्टी छाडेका सुदनले भ्रम छरे, आवश्यक परे प्रतिवाद गर्छौँ 


७ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


522
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र, भोजपुर जिल्ला समन्वय समितिले जनार्दन शर्मा प्रभाकरको जनप्रगतिशील अभियानमा जोडिएका नेता सुदन किराँतीले भ्रम छरेको आरोप लगाएको छ ।

माओवादी केन्द्र भोजपुरको जिल्ला कमिटी बैठकले नेता किराँतीबारे यो निष्कर्ष निकालेको हो । बैठकले पार्टी एकता र संगठनबारे महत्त्वपूर्ण निर्णय पनि सार्वजनिक गरेको छ ।

सुदन किराँतीले पार्टी र नेतृत्वविरुद्ध झुट्टा तथा भ्रामक आरोप फैलाइरहेको भन्दै समितिको बैठकले आपत्ति जनाएको हो । किराँतीका यस्ता गतिविधिले राजनीतिक नैतिकता कमजोर बनाउने बताउँदै आवश्यक परे संगठित रूपमा प्रतिवाद गर्न तयार रहेको माओवादीले जनाएको छ ।

पार्टी एकता, संगठन सुदृढीकरण र राजनीतिक स्थिरताका लागि सबै तहका कार्यकर्तालाई सक्रिय भूमिकामा उभिन समितिका संयोजक नगेन्द्र भुजेलले आह्वान गरेका छन्। भुजेल सुदन किराँती पर्यटनमन्त्री हुँदा स्वकीय सचिवालयमा थिए ।

भुजेलका अनुसार बैठकले गाउँपालिका, जनवर्गीय संगठन र मोर्चाबाट आएका रिपोर्टसमेत सुनेको छ । केही ठाउँमा एकता प्रक्रियाबारे भ्रम फैलिएको दाबी गर्दै समितिले सामाजिक सञ्जालमा देखिएका हल्ला निराधार भएको जनाएको छ। सबै कार्यकर्तालाई भ्रममा नपर्न आग्रह गरिएको छ ।

जेन-जी आन्दोलनले उठाएको परिवर्तन, सुशासन, सामाजिक न्याय, समाजवाद र संविधान रक्षा गर्ने एजेन्डालाई मान्यता दिँदै बैठकले कम्युनिस्ट, देशभक्त र समाजवादी शक्तिबीच बनेको नयाँ कम्युनिस्ट पार्टीमा आबद्ध भएर एकीकृत रूपमा अघि बढ्ने पनि निर्णय गरेको भुजेलले बताएका छन् । 

पार्टीबाट बाहिरिएका कारण रिक्त भएका सबै संरचनामा पदपूर्ति गर्ने निर्णय पनि बैठकले गरेको छ ।

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  १२ : ५१ बजे

‘कांग्रेस बूढापाकाको मात्र होइन, सबैको साझा पार्टी हो’

काठमाडौं- १५ औँ महाधिवेशनमा सहभागी सबैभन्दा कान्छी प्रतिनिधि अभिप्सा पौडेलले

पाँच उद्यमी तथा नवप्रवर्तक पुरस्कृत

काठमाडाैँ – युरोपेली संघको सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित ग्रीनसिफ्ट नेपाल

कात्तिक ७ देखि दुई महिने ‘राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्ने नेकपाको निर्णय

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले कार्तिक ७ गतेदेखि दुई महिने ’राष्ट्रिय

धादिङमा ग्यास बुलेट दुर्घटना हुँदा मुग्लिन–काठमाडौँ सडक अवरुद्ध

काठमाडौँ – चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको ग्यास बुलेट धादिङमा दुर्घटनामा

कांग्रेस महाधिवेशन : ६ हजार ७ सय मत खस्यो

काठमाडौं- कांग्रेस महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी छ ।