महेश बस्नेतमाथि आक्रमण प्रयासमा संलग्‍नलाई सरकारले कारबाही गरोस् : रामकुमारी झाँक्री « Khabarhub

महेश बस्नेतमाथि आक्रमण प्रयासमा संलग्‍नलाई सरकारले कारबाही गरोस् : रामकुमारी झाँक्री


७ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेका नेता महेश बस्नेतमाथि विराटनगर विमानस्थलमा आइतबार बिहान रातो मसी फ्याँक्ने प्रयास भएको घटनाप्रति नेतृ रामकुमारी झाँक्रीले कडा प्रतिक्रिया जनाएकी छन्।

बस्नेत विमानस्थलबाट बाहिरिने क्रममा जेन–जी समूहका नाममा भेला भएका प्रदर्शनकारीहरूले उनी सवार गाडीमा रातो रङ हानेका थिए।

घटनामा संलग्न सञ्जोग गौतम र अर्पित कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बस्नेत एमालेको कार्यक्रमका लागि कोशी आएको बताइएको छ।

घटनापछि नेतृ झाँक्रीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भनिन्, ‘महाभारतमा पाण्डवले युद्ध जिते, कौरव हारे, कारण पाण्डवहरूको अद्वितीय एकता हो। विराटनगरमा महेश बस्नेतमाथि आक्रमण प्रयास भएको खबर सुन्दा दुःख लाग्यो। सरकारले यस्ता पात्रलाई कारबाही गर्नुपर्छ। अपराधी मनोवृत्तिका केही व्यक्तिहरूले बारम्बार यस्तो काम गर्छन्। हामी सचेत बन्नुपर्छ, पार्टी पंक्ति एउटै मिशनमा लागौं।’

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  १ : २५ बजे

संघीयता विरोधीलाई मधेशबाट हराउनु पर्छ : सीके राउत

काठमाडौं– जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

नेपालमा होहल्ला, आरोप-प्रत्यारोप मामुली कुरो : बास्कोटा

काठमाडौं– नेकपा एमालेका नेता गोकुल बास्कोटाले केही दल र तिनका

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ सरेर

टाइगर कप भलिबल : पुरुषतर्फ उपाधिका लागि आज गण्डकी र पर्वत भिड्ने

पोखरा– छैटौँ संस्करणको टाइगर कप भलिबल प्रतियोगिताको पुरुषतर्फको उपाधिका लागि

आन्तरिक राजस्व कार्यालय भैरहवाको राजस्व उल्लेख्य वृद्धि

रूपन्देही– आन्तरिक राजस्व कार्यालय भैरहवाले चालु आर्थिक वर्ष २०८२–०८३ को