मृत अवस्थामा भेटिए पत्रकार दीपेन्द्र खनियाँ « Khabarhub

मृत अवस्थामा भेटिए पत्रकार दीपेन्द्र खनियाँ


७ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पत्रकार दीपेन्द्र खनियाँ घरैमा मृत अवस्थामा भेटिएका छन्। काठमाडौँको थापागाउँ बानेश्वर हाइटस्थित रेडियो अडियोको स्टेशन रहेको घरमै उनी आइतबार मृत फेला परेका हुन्।

जिल्ला प्रहरी काठमाडौँ प्रहरी प्रवक्ता एवम् एसपी पवनकुमार भट्टराईले खनियाँ मृत अवस्थामा भेटिएको पुष्टि गरेका छन् ।

’उहाँ रेडियो रहेको घरैमा झुन्डिएको अवस्थामा मृत भेटिनु भएको जानकारी आएको थियो’, उनले भने, ’प्रहरीले घटनास्थलको मुचुल्का गरिससकेको छ। आवश्यक कानुनी प्रक्रिया सकेर शव पोस्टमार्टमका लागि अस्पताल पठाउँदैछौँ।’

खनियाँ चर्चित स्टेशन रेडियो अडियोका सञ्चालक पनि हुन् । पत्रकार खनियाँका श्रीमती र एक छोरी रहेका छन् ।

उनको रेडियोले हास्यव्यङ्ग्यकर्मीहरू उत्पादन गर्दै आएको थियो । गाईजात्राका कार्यक्रमबाट पनि यो रेडियो अडियो चर्चित थियो। रेडियो प्रशारणमा नयाँ शैली अपनाएर यो स्टेशन स्थापित भएको थियो ।

उनी हाल उज्यालो रेडियो नेट्वर्क चलाउँदै आएका सञ्चारकर्मी गोपाल गुरागाईंका ज्वाईं हुन् । खनियाँले सुरुवातमा गुरागाईंसञ्चालक रहेको कम्युनिकेशन कर्नरमै काम गरेका थिए ।

उनले केही समय रेडियो सगरमाथामा पनि काम गरे । तर डेढ दशकयता उनले रेडियो रेडियो अडियो खलेर सक्रिय थिए ।

उनले केही चलचित्रमा लगानी पनि गरेका छन् । तर उनी पछिल्लो समय व्यवसाय आर्थिक संकटतिर पर्दै जाँदा तनावमा रहेको प्रहरीले अनुमान गरेको छ।

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  ४ : ०८ बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट